दमक । कमल नगर जेसीजको आयोजना जातिय भेदभाव तथा छुवाछुत बिरूद्व दिवसको सन्दर्भ पारेर सचेतना कार्यक्रम भव्यतापूवर्क सम्पन्न भएको छ । कमल गाउँ पालिकाको सहयोगमा गाउँपालिका परिसरमा कार्यक्रममा दलित र छुवाछुत बिषयमा प्रकरण गोष्ठीमा दमक जेसीजका निवर्तमान अध्यक्ष गोविन्दराज ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा नेपाली काग्रेसका नेता तथा अधिवक्ता राजन ढुङ्गाना र झापा जिल्ला समन्वय समिति संयोजक, अधिकारकर्मी सोम पोर्तेलले टिप्पणी गर्नु भएको थियो । सोहि कार्यक्रमा छुवाछुत बिरूद्वको नाटक समेत प्रस्तुत गरिएको थियो । गाउँ पालिका प्रमुख मेनका काफ्लेको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता कमल नगर जेसिज बर्ष २०१८ अध्यक्ष केदार कटुवालले गर्नु भएको थियो ।