खै ! बन्न सकिन
सबै–सबैको
खुुसी बोक्ने खबर
भएको छु,
लज्जित र हरुवा
किन कि बिक्दै छु
म बार–बार अर्कैको इसारामा
मलाई बिक्नबाट बचाउँ ।
बेसुर बगाईएका आमाले
मेरै सपनाका आँसु
मिसिएपछि
शहिदका रगतले
भरिएका पोखरीहरूमा
परिवर्तनको लय गुन–गुनाउदैँ
बगिरहेछन मेची(काली
जहाँ, ड्राप्ट गर्दै
शहिदका सपनाहरू
आमाको काखँमा
कोर्नु थियो, जीवनको नक्सा
तर भएकै छैन महसुस
गणतन्त्रको ।
यहाँ मैले,
बाआमाले पालेका सपनामा
सप्तरङगी रङ भरौला
प्यारीको गुनासो पुछौला
छोराको भविष्य कोरौला
भन्दा भन्दै
आङमा फाटेको
एक सर्काे लाज मेटाउन
लाउर पसेको छोराले
मरूभुमिमै संङगालेर राखेको
पसिनाको थोपा(थोपाबाटै
मेटाउनु छ घरको प्यास
अनि,
म कसरी बुझौँ र भनौँ
मेरो गणतन्त्र ।
हिजो तिमीले
गरेका प्रतिबद्धताहरू
अधुरै हुँदा आज
आज भोलि मान्छेहरु
गर्दैनन् बिश्वास
तिम्रो भाषण र शासनको
के तिम्रो गणतन्त्र यही हो ?
फेरी हराएपछि
देश प्रेम, भातृत्व,
सहिष्णुता र शान्ति जस्ता
शब्दहरू
हराउँदो रहेछ अर्थ पनि
खोल्दैछु
शब्द–शब्दहरूकै बिचबाट
आकाशमा उढाउन
एक हुल परेवाका बथान
वासना हराएको
गणतन्त्र दिवसमा ।।