• काठमाडौं । ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी अहिलेसम्म ६२ जनाको ज्यान गइसकेको छ । आइतबार भएको उक्त शक्तिशाली विस्फोटमा ७ जना र त्यसपछि २५ जनाको शव फेला परेको थियो ।

    उद्धार र खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । ३०० भन्दा बढी घाइते भएका थिए ।

     

    San Miguel Los Lotes in Escuintla, Guatemala June 4, 2018

    उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् ।

    त्हाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेको छ । जसका कारण ठूलो संख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ ।

    स्थानीयवासीलाई उद्धार गरेर अर्को स्थानमा सार्न पनि ठूलो संख्यामा सेना परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । आइतबार राति भएको यस विस्फोटमा परी कम्तीमा पनि १७ लाख मानिस प्रभावित भएका छन् ।

     

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…