• काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति डा जीवराज पोखरेलले नेपालमा विज्ञानको प्रयोग अपरिहार्य रहेको बताएका छन् । विज्ञानको खोज र अनुसन्धानलाई व्यवहारिक रुपमा लग्नुपर्नेमा उनले जोड दिए ।
    सोमबार राजधानीमा गोल्डेन गेट कलेजको वातवरण विज्ञान संकायका स्नातकोत्तर प्रथम समेष्टरका विद्यार्थीहरुले वातवरण दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘प्लाष्टिकको सम्भावना र चुनौती विषयक’ बहस प्रतियोगितामा बोल्दै पोखरेलले भने,‘खेर गएको प्लाष्टिकलाई सदपुयोग गर्न सके आर्थिक उपब्धि हासिल गर्न सकिन्छ । राज्यले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नुपर्छ । ’ यस्तै,उनले बढ्दो जनसंख्या,वातवरणीय ह्रास र प्रविधिको दुरपयोग अहिलेको प्रमुख समस्या रहेको बताए ।
    कार्यक्रममा नाष्टका वैज्ञानिक डाक्टर रविन्द्र ढकालले प्लाष्टिकको प्रयोगलाई न्यूनिकरण गर्नुका साथै पुनःप्रयोग हुन नसक्ने प्लाष्टिकबाट डिजेल निकाल्न सकिने बताए । नाष्टले खेर गएको प्लाष्टिकबाट डिजेल उत्पादन सम्बन्धि अनुसन्धान गरिरहेको र यसबाट सफलता हासिल गरेको दाबी गरे । उनले प्लाष्टिकजन्य फोहोरलाई कसरी प्रयोग गर्ने बारे प्रस्तुति समेत दिएका थिए ।
    राजधानीमा वातवरण विज्ञान पढाइ हुने कलेजहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा भक्तपुरको ख्वपा कलेज विजयी भएको कलेजका वातवरण विज्ञानका कोअर्डिनेटर प्रकाशचन्द्र अर्यालले जानकारी दिए ।


    यस्तै, सोमबार विहान काठमाडौं–९का वडाध्यक्षको उपस्थितीमा बत्तिसपुतली क्षेत्रमा सरसफाई कार्यक्रम गरिएकको विद्यार्थी अविनाश अर्यालले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…