• उर्लाबारी । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले कृषि क्षेत्र राष्ट्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । तर, कृषिको आधुनिकीकरण र व्यावसायिकरणबाट मात्र राष्ट्रको अर्थतन्त्र बलियो हुने उहाँको भनाई छ । मोरङको उर्लाबारी–६ स्थित महारुद्र शिवालय मन्दिरमा आयोजित १६ हप्ते आईपिएम कृषक पाठशाला समापन कार्यक्रममा नगर प्रमुख फागोले सो कुरा बताउनुभएको हो । फागोले उर्लाबारी नगरपालिकाको आगामी आर्थिक बर्ष २०७५/०७६ को बजेटमा कृषिलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । आधुनिक कृषि प्रविधिलाई कृषकहरुको पहुँचमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै फागोले कृषिलाई बिहान बुलुकाको छाक टार्ने पेशा मात्र नबनाई व्यावसायितातर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । नेपाललाई कृषि प्रधान देश भनिएपनि कृषि उपजका लागि परनिर्भर बन्नुपरिरहेको उल्लेख गर्र्दै फागोले नगर क्षेत्रमा वैज्ञानिक कृषि प्रणाली अपनाइने बताउनुभयो । वैज्ञानिक पद्धतिबाट गरिने कृषि पेशा व्यावसायिक र सम्मानित हुने उहाँको भनाई छ । उर्लाबारी नगरपालिकाको सहयोगमा संयुक्त आईपिएम कृषक पाठशाला र प्रगतिशिल आईपिएम कृषक पाठशालाको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो । तालिममा बालिमा लाग्ने रोगकिरा र रोगकिराको व्यवस्थापन तथा बिषादिरहित तरकारी उत्पादन गर्ने तरिकाका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा ५० जना कृषकहरुको सहभागिता रहेको थियो । संयुक्त आईपिएम कृषक पाठशालाकी अध्यक्ष सुजन पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन प्रगतिशिल आईपिएम कृषक पाठशालाकी सचिव लिला भट्टराईले गर्नुभएको थियो । तालिममा चन्द्रकला दाहाल र संगीता खतिवडाले प्रशिक्षण दिनुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…