दिनेश खड्का
विराटनगर, जेठ २२ पुर्व क्षेत्रमा मौलाई रहको वन तस्करीको विषयमा सशस्त्रका पुर्व क्षेत्रका –(वाहीनी) प्रमुख डिआईजी मन्दिप श्रेष्ठले आफै ईन्भेष्टिगेशन गर्ने बताएका छन् । पुर्वको मध्य पहाडी जिल्लाहरुमा सशस्त्र प्रहरी मिथिल्लो तहको हाकिमहरुको मिलेमतोमा काठ तस्करी हुने गरेको समाचार रातोकलमले सम्प्रेषण गरेसगै डिआईजी श्रेष्ठ घटनाप्रति घम्भीर भएका छन् । डिआईजी श्रेष्ठ भन्छन् ''शंकास्पद सवै जिल्लाका सशस्त्र प्रहरीको प्रमुखलाई बोलाएर निश्पक्ष अनुसान्धान गर्छु, जस्तोसुकै दवाव आएपनि कारवाहीको प्रक्रिया अघि बढाउछु ।''
डिआईजी श्रेष्ठ पुर्व क्षेत्रको नेतृत्व कर्ताको रुपमा वहाली भएको एक महिना नबित्दै यस्ता घटना बाहिर आउदा उनी संगठन प्रति चिन्तित समेत भएका छन् । कार्यकाल भरी संगठनलाई सुसाशन र भष्ट्रचार रहित बनाउने उनले जिकिर समेत गरेका छन् ।
related news :