• उर्लाबारी । सामुदायिक विकास मञ्च उर्लाबारीले मंगलवार आफ्नो २१ औं स्थापना दिवसको अवसर पारेर रक्तदान तथा हाजिरी जभाफ प्रतियोगिता सम्पन्न गरेको छ ।


    रक्तदान जिवन दान भन्ने नारा सहित आयोजना गरिएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेको संस्थाका कोषाध्यक्ष प्रभु दिलयुङ्छा राईले बताएका छन् ।


    स्थापना दिवसकै अवसर पारेर आयोजना गरिएको हाजिरी जभाफ प्रतियोगितामा सुनगाभा बोर्डिङ स्कुल प्रथम,मोरङ मोडल आवसिय मावि दोस्रो,राधिका मावि उर्लाबारी तेस्रो र झारसाँदी बोर्डिङ स्कुल सान्त्वना भएका छन् ।

    हाजिरी जवाफमा उर्लाबारी नगरपालिकाका वडा नम्बर १,५ र ६ वडाका १३ वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको थियो ।

    वडा नम्बर ६ का वडा अध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आथित्यतामा  भएको कार्यक्रममा वडा नम्बर ५ कि महिला सदस्य देविकला राई,सुर्यवचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजनाथ घिमिरे,राधिका माविका शिक्षक नबराज निरौला लगायतको आथित्यता रहेको थियो ।

    संस्थाका अध्यक्ष ढुण्डिराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन टिका भट्टराईले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…