• उर्लाबारी । विश्व वातावरण दिवसको अवसर पारेर मंगलवार मोरङको उर्लाबारी—९ स्थित जिवन ज्योती महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई विरुवा वितरण गरेको छ ।

    दुर्गापुरी बजारमा एक कार्यक्रमको आयोजना गरि सहकारीले ३ सय वटा कागतीको विरुवा र ६ सय पोका भटमासे घाँस वितरण गरेको संस्थाकी अध्यक्ष हिरा श्रेष्ठले बताउनुभयो । वातावरण दिवसमा जनचेतना अभिबुृद्धी गर्नका साथै बृक्षारोपण मार्फत सेयर सदस्य लाभान्वित गराउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
    तरकारी तथा फलफुल सहकारी केन्द्रीय संघका उपाध्यक्ष मुक्तिनाथ बरालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उर्लाबारी—९ का वडा अध्यक्ष बम फ्याक र उर्लाबारी —८ का वडा अध्यक्ष कुलबहादुर कार्कीलाई संस्थाले मायाको चिनो विरुवा दिदैं कार्यक्रम सुरु गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…