• झापा । विश्व वातावरण दिवसको अवसर पारेर थेसीस बाल क्लब मेचीनगर ३ झापाका विद्यार्थीहरुले अभिभावकलाई विरुवा प्रदान गरेका छन् ।
    विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले एक अभिभावक एक विरुवाको नाराका साथ विरुवा विभिन्न जाताका वितरण गरेका हुन् । विद्यार्थीहरुले विद्यालय र नजिकै रहेको दोकानडाँडामा पुगेर विरुवा हस्तान्तरण गरेका प्रिन्सिपल डम्बर रुचालले बताए । यसैगरी, सोही अवसरमा नृत्य गायन तथा जनचेतना मूलक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक शरण बानियाँको नेतृत्वमा विद्यार्थीहरु रश्मि तामाङ रिजा तामाङ र प्रयास दाहालले आलो पालो गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…