• झापा । आयोजक बाहुनडाँगी युवा क्लब यहाँ जारी फन्दासिंह स्मृति जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
    मंगलवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रालाई सुरक्षित गरेको हो । यो जितसँगै बाहुनडाँगीले बिहिवार हुने फाइनल खेलमा शनिश्चरे फुटबल क्लबसँगको भेटलाई पक्का गरेको छ । सोमवार भएको पहिलो सेमीफाइनल खेलमा मुनाल क्लबलाई हराउँदै शनिश्चरेले फाइनलमा आफुलाई सुरक्षित गरेको थियो ।
    जितका लागि बाहुनडाँगीका तर्फबाट पुजन राईले २, रोमन मेचे, रोशन आचार्य, रविन मगरले १/१ गोल गरेका थिए ।
    सेन्टरका तर्फबाट गमिरगिल्सन कन्दङवाले सान्तवना १ गोल गरेका थिए ।
    खेलको म्यान अफ द म्याच विजेता टिमका पुजन राई भए ।
    उनलाई सुजित अधिकारीले प्रदान गरेको नगद २ हजार रुपैयाँ क्लबका अध्यक्ष पोशक दर्जी र सुजित अधिकारीले प्रादन गरे ।
    प्रतियोगितामा विजेता टिमले नगद ६१ हजार र उपविजेता टिमले नगद ३१ हजार पाउने सह आयोजक बाहुनडाँगी जेसीजका अध्यक्ष जीवन दर्जीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…