• काभ्रे २२ जेठ ।
    भकुण्डेवेसी जेसीजले वातावरण दिवसको अवसरमा वृक्षारोपण, बृह्द ¥याली तथा वातावरणीय संरक्षणका लागि नगरपालीकालाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम आयोजना गरेको छ ।
    नमोवुद्ध नगरमा अवैध तथा अब्यवस्थित रुपमा संचालन भएका ईंटा भट्टा, क्रसर, बालुवाखानी, डीप बोरिङ्ग, अब्यवस्थित फुटपाथ लगाएतका आम वातावरणिय समस्याको न्यूनिकरण र विस्थापनका लागि शुरु गरिएको वातावरणमैत्री नमोवुद्ध नगर निर्माण को प्रकरणमा यस बर्ष गरिएको यो चौंथो कार्यक्रम हो ।
    कार्यक्रम भकुण्डेवेसी जेसीज र स्थानिय सचेत युवाहरुको संगठन जनक एलुम्नाई एसोसिएशनको संयूक्त आयोजना र पहलमा सम्पन्न भईरहेको छ ।स्थानिय ३४ वटा संघ संस्था र ६ वटा विद्यालय सहित करिब ११ सय ब्यक्तिहरुले –यालमिा सहभागिता जनाई साथ दिनुभएको थियो । त्यस नगरको हालसम्मकै इतिहासमा सबभन्दा ठूलो ¥याली र भेला रहेको कुरा स्थानियहरुको प्रतिक्रिया थियो । कार्यक्रमलाई पृथक र सभ्य बनाउन ¥यालीमा सहभागी सबैले मुखमा मास्क र हातमा ग्लोब लगाई शान्तीको प्रतिकका रुपमा सहभागिता जनाएका थिए ।
    कार्यक्रमको पहिलो चरणमा भकुण्डेवेसी जेसिजका उपाध्यक्ष प्रदिप पोखरेलका सुपुत्र आजै जन्मदिन परेका ३ बर्षिय प्रिसु पोखरेललाई बिरुवा रोप्न लगाई वृक्षारोपण शुरु गरिएको थियो र बन बिभागको बाँझो जमिनमा करिब डेढ सयको हाराहारीमा वृक्षारोपण गरिएको थियो ।
    वृक्षारोपण पछि लगत्तै ३४वटा संघ संस्था र ६वटा विद्यालयका करिब ११ सय ब्यक्ति सहितको –याली निकालिएको थियो । जनक मा वि को प्राङ्गणबाट निकालिएको –याली उत्तरतर्फको कानपुर रोड परिक्रमा गरि भकुण्डे चोक हुँदै नमोवुद्ध नगर पुगि करिब साढे ११ सय ब्यक्तिको हस्ताक्षर सहितको सोह्र बुँदे ज्ञापन पत्र नमोवुद्ध नगरपालीकामा बुझाईएको थियो ।
    नगरपालीका भित्र देखिएको वातावरणिय असन्तुलनलाई सन्तुलीत गर्न र प्राकृतिक विविधतालाई जोगाई सुसंस्कृत नगरको परिकल्पना गरि उक्त परिकल्पना पुरा गर्न आवश्यक सुझाव तथा र्इंटा भट्टाको तत्काल ब्यवस्थापनको माग सहित सोह्र बुँदे ज्ञापन पत्र बुझ्दै नगरपालीकाका मेयर ज्यूबाट आगामी आर्थिक बर्षबाट ईंटा भट्टाको नविकरण नगरिने जानकारी दिनुभएको र वातावरणिय सनतुलन कायम गर्नका लागि यी सुझावहरुको आधारमा योजना समेत निर्माण गर्ने कुरा बताउनु भएको थियो । समग्रमा कार्यक्रम सोचे अनुरुप भब्य सभ्य रुपमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…