• देबु बानियाँ झापा ।
    सुनवल । रामनगर जेसीज सुनवलले ४६ औँ विश्व वातावरण विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
    मंगलवार बिहान सुनवल नगरपालिका वडा नम्बर १२ बाट प्रभातफेरीबाट सुरु भएको कार्यक्रम अन्तक्रिया तथा डस्बिन वितरण गरेर सम्पन्न भएको रामनगर जेसीजकी महासचिव हिमा न्यौपानेले बताइन् ।
    कार्यक्रममा स्थानीय विद्यालय, सहकारी, ब्रह्माकुमारी राजयोग, बैंक तथा विभिन्न संघ संस्थाका ५ सय भन्दा बढीको सहभागिता रहेको थियो । शाखा अध्यक्ष भोजराज चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष यामलाल पाण्डे रहेका थिए । प्रमुख अतिथि अध्यक्ष पाण्डेले प्लाष्टिकको प्रयोग सकेसम्म नगरौँ, प्रयोग गर्ने पर्ने अवस्था आए यसलाई उचित व्यवस्थापन गर्नका लागि सबै वडाबासीलाई आग्रह गरे । समृद्ध र सुन्दर सुनवल नगर निर्माणका लागि सबै क्षेत्रबाट प्लाष्टिक निर्मूल पार्दै हरियाली क्षेत्र बनाउन नगरपालिका समेत अग्रसर भएर लागेको बताए ।
    कार्यक्रममा साइन रेसुंगा डेभलबमेन्ट बैंकका ाखा प्रवन्धकले वडा अध्यक्षलाई डस्बिन प्रदान गरेका थिए । कार्यकारी उपाध्यक्ष भोला पराजुलीको संयोजन रहेको कार्यक्रमको सञ्चालन महासचिव हिमा न्यौपानेले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…