• काठमाडौँ, जेठ २३ गते । नौ महिनादेखि निरन्तर आकालो लागेको पेट्रालियम पदार्थको मूल्य अझ बढ्दै जाने सम्भावना छ । २०७४ असोज १६ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको छ । त्यसबेला पेट्रोल प्रतिलिटर ९८ रुपियाँ थियो भने अहिले ११३ रुपियाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल ७४ बाट ९५ पुगेको छ । मूल्य घट्नुभन्दा पनि बढ्ने सम्भावना रहेको नेपाल आयल निगमको दाबी छ ।
    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु तथा अमेरिकी डलरको सटही दर वृद्धि हुनु पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने प्रमुख कारण हुन् । हाल अन्तर्राष्ट्रिय बजारमा भने कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल पेट्रोलियम मूल्य ८० डलरबाट घटेर ७५.२९ डलरमा झरेको छ तर दुई÷चार दिन घट्नुले नेपाललाई खासै असर नगर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले दाबी गर्नुभयो ।
    नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको इन्डियन आयल कर्पोरेसनले हरेक १५÷१५ दिनमा मूल्य समायोजना गर्दछ । १५ दिनमा अन्तर्राष्ट्रिय बजारको घटबढ हेरेर औसतमा नेपालका लागि मूल्य समायोजन हुने गरेको छ । त्यसले गर्दा केही दिनको मूल्य घट्नु नेपाली पेट्रोलियम बजारमा खासै असर गर्दैन ।

    प्रवक्ता गोइतले भन्नुभयो, कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको छ यही मूल्य स्थिर रह्यो भने १५ दिनपछि प्रभाव देखिन्छ, घट्न सक्छ । उहाँका अनुसार नेपालले कच्चा तेल खरिद नगरी रिफाइन्ड तेल खरिद गर्दछ । जुन कच्चा तेलको मूल्य घट्नुले ठूलो प्रभाव नगर्न सक्छ । एक हप्ता घट्यो एक हप्ता बढ्यो भने त्यसको असर देखिँदैन १५ दिनको औसतमा उही हुन आउँछ ।
    पेट्रालियम पदार्थको मूल्य निरन्तर वृद्धि हुँदा उपभोक्ता मर्कामा परेका छन् तर नेपाल आयल निगमले पनि घाटा बेहोरिरहेको छ । निरन्तर पेट्रोलिय पदार्थको मूल्यवृद्धि भइरहँदा पनि निगमले हरेक १५ दिनमा १८ करोड घाटा बेहोरिरहेको छ । घाटा पूर्ति कि मूल्य घट्यो भने हुनसक्छ । त्यो नहुँदा मूल्य अझ बढाउनुको विकल्प नहुने निगमले जनाएको छ तर मूल्य घट्ने र वृद्धि हुने क्रम चलिरहने गोइतले बताउनुभयो ।
    कुनै बेला लामो समय मूल्य स्थिर रहे पनि २०५४ सालयताको तथ्याङ्क हेर्दा निरन्तर बढी रहेको छ । हालको मूल्यवृद्धि विगतलाई हेर्दा उच्च वृद्धि मान्न सकिन्न । २०७० चैत ३० गते मूल्य समायोजन हुँदा पेट्रोल प्रतिलिटर १४० रुपियाँ पुगेको थियो भने डिजेलको मूल्य १०९ रुपियाँ थियो । यो अहिलेसम्मकै उच्च मूल्य हो । त्यतिबेला ११३ बाट एकैचोटि १० रुपियाँ वृद्धि गरी १४० पु¥याइएको थियो । २०५४ जेठ अन्तिममा पेट्रोलको मूल्य ३९ रुपियाँ थियो । भारतीय आयल कर्पोेरेसनसँग हरेक ५÷५ वर्षमा नेपाल आयल निगमले सम्झौता गर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…