• झापा । सामुदायिक विद्यालयले गरेका राम्रा अभ्यासहरुको अवलोकनका लागि अर्जुनधारा बाल सञ्जाल र जनता माविले बुधवार मेचीनगरका ३ वटा विद्यालयको अवलोकन गरेका छन् ।
    अर्जुनधारा नगरपालिकाका नगर शिक्षा अधिकारी जानुका गुरागाई र सामाजिक विकास संयोजक दिलिप गुरुङको नेतृत्वमा आएको ३३ जनाको अर्जुनधारा बाल सञ्जाल टोलीले बाल सुबोधिनी आधारभूत विद्यालय, आदर्श मावि र बालकल्याण माविको अवलोकन गरेका थिए ।
    यी ३ वटा विद्यालयमा रहेका बाल क्लबले गरेका राम्रा अभ्यासका बारेमा उनीहरुले अवलोकन गरेका थिए । बाल सुबोधिनीमा प्रधानाध्यापक विश्व थापा, आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्का, बाल क्लबका पदाधिकारीहरुले विद्यालयका बारेमा जानकारी गराएका थिए । यसैगरी बालकल्याण माविमा प्रधानाध्यापक नारायण न्यौपाने र बाल क्लबकी अध्यक्ष गौरी गिरीले जानकारी गराइएकी थिइन् ।
    हालै मात्र गठन भएको अर्जुधाना बाल सञ्जालले अन्य क्षेत्रमा भएका राम्रा अभ्यासहरुको अवलोकन गरी आफ्ना विद्यालयमा समेच यसरी नै बाल क्लबलाई सक्रिय गराउने उदेश्यका साथ अवलोकन गरिएको अर्जुनधारा बाल सञ्जालका संरक्षक शिक्षक घनश्याम डाँगीले बताए ।
    बालकल्याण माविमा आयोजित औपचारिक तथा परिचयात्मक कार्यक्रमको अध्यक्षता बाल क्लबकी अध्यक्ष गौरी गिरीले गरेकी थिइन् ।
    नगर शिक्षा अधिकारी जानुका गुरगाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक नारायण न्यौपाने, अर्जुनधारा नगरपालिकाका सामाजिक विकास संयोजक दिलिप गुरुङ, अर्जुनधारा बाल सञ्जालका संरक्षक शिक्षक गंगा पोखरेल, बाल सञ्जाल अध्यक्ष निशा कुइँकेल, बालकल्याण बाल क्लबका सदस्य शिक्षक राजिप गिरी, स्रोत व्यक्ति भरतलाल कर्णलगायतले सामुदायिक विदालयको शैक्षिक गुणस्तरका लागि बाल क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए । बालकल्याण बाल क्लबका संरक्षक शिक्षक देुब बानियाँले सहभागिलाई धन्यवाद ज्ञापन गरेका थिए । उपाध्यक्ष गंगा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सलिना भुजेलले गरेकी थिइन् ।
    यसैगरी बुधवार ने आएको जनता माविको टोलीले आदर्श मावि र बालकल्याण माविको अवलोकन गरेका छन् । सहायक प्रधानाध्यापक बासु भण्डारीको नेतृत्वमा आएको कक्षा १० का १ सय ७० जनाको टोलीले विद्यालयमा भएका राम्रा अभ्यासहरुको बारेमा जानकारी लिएका थिए ।
    स्मरण रहोस मेचीनगरमा भएका यी ३ वटा विद्यालयका बाल क्लबहरु जिल्लामै उत्कृष्ट गतिविधि गर्ने क्लबहरुको सुचिमा पर्छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…