• तनहुँ । विद्यार्थी माथि कुटपिट भएको आरोपमा अभिभावकहरुले विद्यालय प्रशासनलाई धम्की दिएको भन्दै तनहुँको एक निजि विद्यालय बुधवार बन्द गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा न ५ बेलचौतारामा रहेको ब्राइट फ्युचर माविका प्रधानाध्यापकले कक्षा १० मा अध्ययनरत सुमित श्रेष्ठलाई गत आइतबार कुटपिट गरेको भन्दै श्रेष्ठका अभिभावकहरुले विरोध गरेका थिए ।
    उक्त विषयलाई लिएर अभिभावकहरुले विद्यालयमा बल प्रयोग गरेको भन्दै विद्यालयले एक दिन विद्यालय बन्द गरेको हो । प्रअ प्रा।डा चन्द्र बहादुर थापाले विद्यार्थीलाईलाई गलत गृहकार्य गरेको भन्दै कुटपिट गरेको आरोप लागेको छ । थापाले लगातार १० देखी १२ पटक सम्म आफ्नो टाउकोमा पिटेको पिडित विद्यार्थीले बताएका छन् । टाउको सम्वन्धी समस्या रहेका श्रेष्ठ कुटाई पश्चात बान्ता गरि विरामी अवस्थामा पुगे पछि विद्यालयले अभिभावकहरुको जिम्मा लगाएका थियो ।
    घटनालाई लिएर श्रेष्ठ परिवारले मंगलबार विद्यालय हाता भित्र प्रबेश गरी अनैतिक ब्यवहार प्रस्तुत गरे पछि विवाद सतहमा आएको हो । यता विद्यालय प्रशासनले भने विद्यार्थी माथि कुटपिट नभएको जिकिर गरेको छ । गृहकार्य नगरेको भन्दै श्रेष्ठसँगै अन्य विद्यार्थीहरुलाई समेत सामान्य सजाय दिइएको भएता पनि उक्त विषयले ठुलो रुप लिएको प्रशासनले दावि गरेको छ ।
    यता प्रअ थापाले भने आफु माथि श्रेष्ठले लगाएको आरोप गलत भएको दावि गरेका छन् । उनले विद्यार्थी मानसिक रुपमा समस्या भएको जानकारी दिदै श्रेष्ठले गलत आरोप लगाएको बताए । उनले भने— “मैले कसैलाई पनि पिटेको छैन, गलत आरोप सहित विद्यार्थीका अभिभावकहरुले प्रशासनमा ज्यादती गरे पछि विद्यालय बन्द गरिएको हो ।” विद्यालयको एक स्रोतले दिएको जानकारी अनुसार पिडित विद्यार्थी श्रेष्ठले गत वर्ष समेत विद्यालयमा दिइएको सामान्य सजायको बदला स्वरुपमा शिक्षक माथि रड तथा ढुँगा प्रहार गरि आक्रमणको दुष्प्रयास गरेका थिए ।
    बुधबार विद्यालय बन्द भएपछि विद्यालय प्रशासन पिडित विद्यार्थीका अभिभावक र ब्याप्सन तनहुँ विच भएको संयुक्त बैठकले आगामी दिनमा विद्यार्थी माथि कुटपिट नगर्ने गरि सहमती भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…