• तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भर्इ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएकाे छ । निर्वाचन अायाेगले अाज नेकपा दर्ता गरेकाे हाे ।

    केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाकाे संख्या नपुर्‍याए पनि नेकपालार्इ निर्वाचन अायाेगले दर्ता गरेकाे हाे । नेकपाले अागामी महाधिवेशनबाट महिलाकाे संख्या पुर्‍याउने गरी दलकाे मान्यता पाएकाे हाे ।

    अाज बसेको आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको मान्यता दिएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । पार्टी एकीकरणपछि नेकपाले ३ जेठमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो ।

    तर, अायाेगमा ऋषि कट्टेलकाे नेतृत्वमा यसअघि नै नेपाल कम्युनिष्ट पार्टी नामकाे दल दर्ता रहेकाले एकीकृत पार्टीले नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाईन’ दर्ताका लागि निवेदन दिएकाे थियाे ।

    तत्कालीन समयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्णय अनुसार नेताद्वय सुवास नेम्बाङ र देव गुरुङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम परिवर्तनका लागि निवेदन दिएका थिए ।

    नेता नेम्बाङले आयोगको बुधबारको बैठकले दलको हैसियतमा कानुनी मान्यता दिएको जानकारी दिँदै बिहीबार दिउँसाे १ बजे आयोगले प्रमाणपत्र लिनका लागि आमन्त्रण गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…