• झापा । झापा मेचीनगर वडा नं ६ र बाल जागरण मञ्च नेपालको सहकार्यमा वडा स्तरीय बाल सञ्जाल गठन भएको छ । भएका वार्ड नं ६ का ४ वटा विद्यालयका बालक्लबका विद्यार्थीहरूबाट रेजु श्रेष्ठको अध्यक्षतामा वडास्तरीय बाल सञ्जाल गठन भएको छ ।
    श्रेष्ठ मेची मोडेल एकाडेमीका विद्यार्थी हुन् । समितिको उपाध्यक्षमा प्रेनिजा ढकाल(नर्थ प्वाइन्ट), सचिवमा सचिन तिम्सिना (काँकडभिट्टा मावि), सहसचिव एस्तर लिम्बू (काँकडभिट्टा) कोषाध्यक्षमा सिम्रन थापा (तारापुञ्ज) चयन भएका छन् । यसैगरी सदस्यहरुम निशान्त राई (तारापुञ्ज), शीतल आचार्य (तारापुञ्ज), मिलन उप्रेती (काँकडभिट्टा मावि), सन्देश प्रसाईं ( काँकडभिट्टा मावि ), कञ्चन तिम्सिना (मोडेल एकाडेमी), सलिन सुब्बा (मोडेल एकाडेमी) सुष्मा श्रेष्ठ (नर्थप्वाइन्ट), एलिना दाहाल (नर्थ प्वाइन्ट) चयन भएका छन् ।
    बाल जागरण मञ्च नेपालका अध्यक्ष मणिकुमार लिम्बुको अध्यक्षता र वडा नं ६ का वडाध्यक्ष ललित तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्यहरू राजकुमार श्रेष्ठ, लक्ष्मी तामाङ, सावित्रा ल्वाहगुन र संस्थाका संस्थापक अध्यक्ष मुकुन्द सिवाकोटीको उपस्थिति रहेको थियो। त्यस्तै तारापुञ्ज बालक्लबका संरक्षक शिक्षक प्रकाश दाहाल, नर्थप्वाइन्ट बालक्लबका संरक्षक शिक्षक इन्द्र ढुङ्गाना, काँकडभिट्टा माविका बालक्लबका संरक्षक शिक्षक तुलसीप्रसाद सापकोटा र मोडेल एकाडेमीका शिक्षक युवराज गौतमको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मदन अधिकारीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…