• भीमराज अधिकारी, पथरी
    २४ जेष्ठ २०७५

    गोठभरी दुहुना गाइ अनि बाछाबाछी हेर्दै लोभलाग्दा उन्नत जातका गाइ बस्नका लागि व्यवस्थीत गोठ, गोठलाई मात्रै १० लाखको लगानी गरेर तयार गरिएको छ । यो फर्म हो कमला गाई फार्म । मोरङको पथरी शनिश्चरे ६ सुक्रबारेका दिलबहादुर खड्का यतिवेला गाइपालनमा रमाइरहनुभएको छ । सुरुमा ७ लाखको लगानीमा सुरु गरिएको गाइ पालन अहिले करिब ४० लाखको हराहारीमा छ । मासिक रुपमा डेड लाख सम्म आम्दानी लिने दिल बहादुरलाई राज्यले भने अहिले सम्म कुनै सोवा सुविधा दिएको छैन् । पटक पटक सरकारी बैँकमा धाउदा पनि लोन नपाएकामा दिलबहादुरले दुखेसो पोख्नुभयो ।
    ३ वर्ष सम्म दुवइमा बसेर बिरामी भएपछि घर फर्कनुभएका दिल बहादुरले घरमै केही गर्ने सोचले करिब ७ लाखको लगानीबाट गाइ पालन सुरु गरेको र अहिले माषिक डेडलाख सम्म आम्दानी गर्ने गरेको बताउनुभयो । गोठमा होलिस्ट्यान जातका गाइहरु रहेका छन् । गाई सगैँ भैसीँ पनि रहेका छन् । गाइलाई लैनोमा ३ पटक सम्म दुहुनुपर्ने कमलाले सुनाउनुभयो । एउटा गाइले १८ देखि २० लिटर सम्म दुद्य दिने गरेका छन् ।
    यती धेरै लागानी गरेर सञ्चालन गरेको फार्ममा घरपरीवारको पनि राम्रै सहयोग रहेको छ । सबैले मिलेर गाइको हेरचाह गर्ने गरेको दिलबहादुर की श्रीमति कमलाले बताउनुभयो । गाइको स्याहार चाकरका लागि १ जना कामदार पनि रखिएको छ । घरमा १ छोरा र १ छोरी रहेका छन् उनिहरुले पनि फर्ममा काम गरीरहेका हुन्छन् । गाइलाई घाँसका लागि १ विगाहा जगामा घाँस लगाइएको छ । अब सरकारले पनि केही अनुदान दिए हुने कमलाको भनाइ छ ।
    यहाँबाट उत्पादन भएको दुद्य कामधेनु दुद्य डेरी तरहरामा जाने गरेको छ । तत्कालका लागि एउटा मिल्क होलीडेको आवश्यक्ता रहेको छ । साना किसानहरुको पनि दुद्य जम्मा गर्नका लागि पहल गरिरहेको दिलबहादुर बताउनुहुन्छ । यो क्षेत्रमा दिल बहादुरको सबैभन्दा ठुलो र व्यवस्थीत गाइपालन हो । तर पटक पटक बैँकमा धाउदा पनि राज्यको सुबिधा नपाएकामा दिलबहादुरको गुनासो छ । सहकारीले बरु लाखौँ रुपैया अनुदान दियो तर सरकारी बैँकले दिएन । कहीले कर्मचारी हुदैँनन् त कहिले के भनेर टार्यो दिलबहादुरले भन्नुभयो । राज्यले गाइको दाना, घासमा भएपनि समय समयमा सुबिधा दिने हो भने किसानलाई ठुलो टेवा पुग्ने दिलबहादुर बताउनुहुन्छ । राज्यको उपेक्षका कारण कहिलो काहीँ फर्म खोलेकामा दिलबहादुरलाई असहज महसुस हुने गरेको छ तर यति धेरै लगानी लगाएर सञ्चालनमा रहेको फर्मको अझ व्यवस्थीत गरी अगाडी बढ्नुको विकल्प नै छैन् ।
    यस टोलमा दिलबहादुर जस्ता अन्य थुप्रैले गाइपालन गरिरहेका थिए तर हाल ति सबै फर्महरु बन्द भइसकेका छन् । फर्म बन्द हुनुमा राज्यको सेवा नहुनु मुख्य समस्या रहेको कमलाले बताउनुभयो । समय समयमा सरकारले कृषकहरुका लागि पनि सहुलिएत दिने हो भने रोजगारी खोज्न र राम्रो आम्दानीका लागि विदेशि नै नपर्ने गतिलो उदाहरण दिलबहादुर बन्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…