झापा । झापा कचनकवल गाउँपालिकाको बनियानीमा २ दिने बृहत स्वास्थ्य शिविरको आज समापन हुँदैछ ।
बहुउदेश्य सहकारीको आयोजनामा भएको बृहत शिविरमा नोवल मेडीकल कलेज विराटनगरको प्राविधिक सहयोग रहेको छ । शिविरमा एसिजि, इको, अल्टासाउण्ड लगायतमा निशुल्क परिक्षण गरिएको छ । शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद वसन्त बानियाँले गर्नु भएको थियो । उहाँलाई आयोजकको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।