• झापा । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी फन्दासिंह स्मृति जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनल भिडन्त आज हुँदैछ ।
    फाइनल भिडन्तका लागि आयोजक बाहुनडाँगी युवा क्लब र शनिश्चरे फुटबल क्लब आमने सामने हुँदैछन् ।
    काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमीफाइनल खेलमा हराउँदै फाइनलको यात्रा तय गरेको आयोजक र मुनाल क्लब चन्द्रगढीलाई पाखा लगाउँदै फाइनल पुगेको शनिश्चरेबीच आज दिउँसो ३ बजे सरस्वती माविको खेल मैदानमा फाइनल उपाधिका लागि भिडन्त हुनेछ ।
    स्थानीय खेलाडीलाई उच्च प्राथमिकता दिएको बाहुनडाँगीबाट साविकको बाहुनडाँगी गाविस भित्रका नव जवान खेलाडीहरु सहभागि छन् । रोमन मेचे, रोशन आचार्य, सिमान्त थापा, पुजन राई, रविन मगर लागयतको उर्जाशील खेलाडीको जमात आयोजकसँग छ । यता शनिश्चरेबाट राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय खेल खेलीसकेको झापा ११ का खेलाडी देबेन्द्र तामाङ(कान्छं) हेमन्त गुरुङ, लगायतको स्टार खेलाडीहरु उतार्दैछ । चिरपरिचित क्लब काँकरभिट्टा ट्रेनिङ सेन्टरलाई सहज जित निकालेको आयोजक फाइनल उपाधि समेत हुत्याउने दाउमा छ । घरेलु दर्शकको समर्थक पाएको आयोजकको टिम उच्च मनोबलसहित मैदान प्रवेश गर्नेछ । यता शनिश्चरे पनि राष्ट्रिय स्तरका खेलाडीसहित आउने भएकाले आयोजकलाई सहजै पाखा लगाउँदै उपाधी चुम्ने लक्ष्य लिएको छ । उच्च मनोबालका साथ फाइनल तयारी गरेका यी दुई बीच उपाधी कस्ले चुम्ने हो त्यो त हेर्न बाँकी छ ।
    क्लबका संस्थापक अध्यक्ष फन्दासिंह पाण्डेको स्मृतिमा आयोजना गरिएको फाइनल खेलको विजेता टिमले नगद ६१ हजार र उपविजेता टिमले नगद ३१ हजार पाउने छ । साथै फाइनल खेल भन्दा पूर्व सहआयोजक बाहुनडाँगी जेसीज र झापा पत्रकारहरुबीच मैत्रीपूर्ण खेल हुने जेसीजका महासचिव सागर कार्कीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…