• काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुन लागेको भन्ने समाचारप्रति संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ।  फोरम अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहीबार एक विज्ञप्ति जारी गर्दै तत्काल नेकपासँग एकता हुने संभावना  नरहेको जनाएका हुन्।

    फोरमले विचार र सिद्धान्त मिल्ने दल वा पार्टी एकता गर्ने निर्णय गरेको भएपनि नेकपा र फोरमबीच तत्काल एकताको संभावना नरहेको जनाएको छ।

    ‘विगत केही दिनदेखि विभिन्न संचारमाध्यममा संघीय समाजवादी फोरम नेपाल र  नेकपाबीच एकीकरण हुन लागेको भनि प्रचारित समाचाहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ बिहीबार अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फोरम नेपालले बैशाख २१ गते सम्मन्न केन्द्रीय कार्यासमितिको बैठकले नीति, विचार र सिद्धान्त मिल्ने दल वा पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ। तर, यसबीच फोरम नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि संभावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन थालेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सृजना हुने गरी प्रचार गरिँदैछ। तथ्यहीन ढंगले आइरहेका यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको तर्फ सम्पूर्ण पार्टी पंक्ति र आम जनतामा स्पष्ट पार्न चाहन्छौं।’

    फोरम वर्तमान सरकारमा सहभागी भएपछि फोरम नेपाल र नेकपाबीच एकीकरण हुन सक्ने आशयका समाचार प्रकाशित भएका थिए।  

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…