• काठमाडौं, २४ जेठ । फरक किसिमको गायनकला भएका भाइरल ब्वाई अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनको माग धेरै ठाउँमा छ ।

    यसैबिच बुधबार राजधानीको लगनखेलस्थित आर्मि ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुती दिए जहाँबाट सयौंको वाहि वाहि पाए ।

    दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुती दिन गएका अशोक र टंकलाई खेलकुद मन्त्री जगत विश्वकर्माले नियालिरहेका थिए । उनले सानै उमेरमा यतिठुलो कला भएको भन्दै प्रसंसा समेत गरेका थिए । साथै उनले प्रस्तुती दिइसकेपछि अशोक र टंकलाई मायाको चिनो दिँदै सम्मान गरे ।

    सातैं प्रदेशबाट आएका बिभिन्न बिद्यालयका खेलाडीहरुले अशोक जब गीत गाउँन थाले तब अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए ।

    अशोकले गीतलाई ट्रयाकमा गाउनेक्रममा केहि भुलहुन गएमा टंक सच्चाउँदै गाएका थिए । पहिलो स्टेज कार्यक्रम भएकोले पनि अशोकलाई ट्रयाकमा गाउन केहि समस्या परेको देखिन्थ्यो ।

    कार्यक्रम सकेपछि आर्टिष्ट खबरसँग कुरागर्दै टंकले अशोकको पहिलो स्टेज कार्यक्रमनै नेपाल सरकारको लागो भएको ब्याच लाएर गर्न पाउँदा निकै खुसी लागेको बताए ।

    साथै उनको प्रतिभालाई खेलकुद मन्त्रीले नियाल्नुपनि ठुलो उपब्धि भएको उनको भनाई थियो । अशोकले सबैकुरा सोच्न सक्दैनन्, उनले तपाईलाई कसले मायाको चिनो प्रदान गर्यो भन्दा प्रधानमन्त्रीले भनिरहेका थिए ।

    अहिले अशोकका लागी स्टेज कार्यक्रमहरु बढ्नेक्रममा छन् । उनी केहि दिनमा बिदेशका केहि देशहरुमा कार्यक्रमकै लागी जाँदैछन्

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…