• विराटनगरमा/ सनु तस्करी र उर्लाबारीका शनम शाक्या हत्या प्रकरणमा अझै ३० जना अभियुक्त फरार रहेका छन् । मोरङ प्रहरीले ६३ जना अभियुक्तलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको मध्धे ३१ जना पुर्पक्षको लागि जेल चलान, १ जना धरौटिमा र १ जना सादा तारिकमा छुटेपछि अझै ३३ जना फरार छन् ।

    प्रहरीले १९ वैशाखमा पक्राउ परी मोरङ प्रहरीको इरासतमा रहेका ३० जना सहित अन्यलाई फारर प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।फरार हुनेमा ९ माघमा अन्तराष्ट्रिय विमान स्थलबाट अवैध रुपमा भित्रिएको साढे ३३ किलो सुनको लगानिकर्ता भनिएको एम.के. भन्ने मोहन कुमार अग्रवालसहित गोरेका श्रीमति र भाइसमेत रहेका छन् । फरारमा गोरेका श्रीमति निरु भन्ने नरबदा उप्रेती (खरेल) भाई रमेश उप्रेती पनि फरार प्रतिवादी हुन् ।

    त्यसैगरी सुरेन्द्र गौतम, भोजे मामा भन्ने भोजराज भण्डारी, रुस्तम मिया भन्ने मोहमद उस्तम मिया“, टुक बहादुर मगर, रोहित आचार्य, भविन राई भन्ने भविन तामाङ्ग, कृष्ण बस्नेत, सुनिल कुमार अग्रवाल, कृष्ण गोपाल अग्रवाल, चेतन भन्ने चेतनाथ भण्डारी, प्रमोदकुमार श्रेष्ठ,बेनु श्रेष्ठ, हरी शरण खड्का, कमल कार्की, मिणराज चौलागाई, शिवकुमार गुभाजु, शुनिल श्रेष्ठ, आर.बी. भन्ने रक्षा भण्डारी, अर्जुन प्रसाद खरेल, रोशन भन्ने गुप्तलाल भुषाल, रामहरी कार्की, प्रयाश पराजुली, सन्जय अधिकारी, समिर अधिकारी, गीता श्रेष्ठ, माधब आचार्य, ओमप्रकास नेवार रहेका छन् ।

    गोरेले अदालत समक्ष दिएको बयानमा पछिल्लो पटक आएको साढे ३३ किलो सनुको लगानीकर्ता एम.के. अग्रवालसहित भारतीय रहेको बताएका थिए । तर, उनले एम.के. बाहेक अन्यको नाम भने भनेका थिएनन् । आइतबारसम्म २ जनाले मात्र अदालतमा आएर आत्मसर्मपण गरेका थिए ।फरार भएका मध्धे यस अघि उक्त मुद्दाका अभियुक्त एसएसपी श्याम खत्री र डाक्टर डेविट भन्ने छिरिङ वाङले घले अदालतमा सुटुक्क उपस्ती भएका थिए । एसएसपी खत्री गएको बिहीबार र छिरिङ आइतबार अदालतमा आएर बयान दिइ सोही दिन थुनछेकको बहसबाट न्यायधीश नारयणप्रसाद शर्माले पुर्पपक्षको लागि थुनामा राख्न आदेश दिएका थिए ।

    यस अघि जेठ ८ गते काठमाण्डौबाट पक्राउ परेका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रती गोरे पनि पुर्पक्षको लागि जेल चलान भएका छन् । उक्त मुद्दामा यस अघि २८ जना पुर्पक्षको लाथि जेल चलान भएका थिए भने १ जना धरौटि र १ जना सादा तारिकमा छुटेका थिए । प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बैसाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।

    यी हुन् फारर अभियुक्त
    १. सुरेन्द्र गौतम
    २.भोजे मामा भन्ने भोजराज भण्डारी
    ३.रुस्तम मिया भन्ने मोहमद उस्तम मिया“
    ४.टुक बहादुर मगर
    ५.रोहित आचार्य
    ६.भविन राई भन्ने भविन तामाङ्ग
    ७.कृष्ण बस्नेत
    ८.एम.के. मामा भन्ने मोहन कुमार अग्रवाल
    ९.सुनिल कुमार अग्रवाल
    १०. किन भन्ने कृष्ण गोपाल अग्रवाल
    ११.रेमश उप्रेती
    १२.चेतन भन्ने चेतनाथ भण्डारी
    १३.प्रमोदकुमार श्रेष्ठ
    १४.वेनु श्रेष्ठ
    १५.हरी शरण खड्का
    १६.कमल कार्की
    १७. मिणराज चौलागाई
    १८.शिवकुमार गुभाजु
    १९.शुनिल श्रेष्ठ
    २०. आर.बी. भन्ने रक्षा भण्डारी
    २१. अर्जुन प्रसाद खरेल
    २२.रोशन भन्ने गुप्तलाल भुषाल
    २३.रामहरी कार्की
    २४.प्रयाश पराजुली
    २५. सन्जय अधिकारी
    २६.समिर अधिकारी
    २७. गीता श्रेष्ठ
    २८. निरु भन्ने नर्बदा खरेल उप्रेती
    २९. माधब आचार्य
    ३०. ओमप्रकास नेवार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…