• विराटनगर । पूर्वी तराईमा तीन दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ ।

    वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ ।

    वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । मजदुर र विद्यार्थीहरु गर्मीका कारण धेरै समस्यामा परेका छन् ।

    बुधबार विराटनगरको तापक्रउम ३८ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै मंगलबा।र ३७ डिग्री सेल्सियस मापन गरिएको थियो । गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ । गर्मी छल्न पेयपदार्थ पिउनेसँगै सर्वसाधारणले अन्य उपाय अपनाउँदै आएका छन् । नियमित विद्युत् आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन् ।

    गर्मीमा छाला ढाक्ने कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हात मुख धुने जस्ता सुझाव चिकित्सकको छ । उनीहरु पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने, घाममा निस्कँदा छाता लगाएर निस्किन सुझाउँछन् ।

    नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन सहयोग गर्ने भएपनि पछिल्लो एक सातामा पानी परेको छैन । मनसुनको कतै कुनै अत्तोपत्तो छैन जसले गर्दा गर्मी बढ्ने क्रममा रहँदा सर्वसाधारण अझै बढी छटपटिएका छन् ।

    गर्मीका कारण दही, चिसो पेय पदार्थ, खरबुजा, स्याउ, आइसक्रिम लगायतका सामाग्रीको विक्री भने बढेको छ । विराटनगर स्थित गुद्री बजारमा फलफुलको ब्यापार गर्दै आएका दिनेशकुमार साहले तिन चारदिन यता खरवुजाको विक्री बढेको बताउनुभयो । अन्य समयमा दैनिक ४०/५० वटा खरबुजा विक्री हुने गरेकोमा अहिले दैनिक सय वटासम्म बिक्री भइरहेको उहाँको भनाइ छ ।

    विराटनगर शनिमन्दीर छेउ २२ बर्षदेखि दुग्ध विकास संस्थानको उत्पादनहरु विक्री गदै आएका यादव विष्टले दहीको बिक्री बढेको बताउनुभयो । गर्मी बढेसँगै दैनिक १० देखि १५ केजी दही बढी विक्री भइरहेको उहाँको भनाइ छ ।

    सन् २०१६ अप्रिल ९ तारिखमा विराटनगरको तापक्रम ४० दशमलव ५ डिग्रिसम्म पुगेको थियो । त्यसभन्दा माथि विराटनगरको तापक्रम पुगेको रेकर्ड छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…