• काठमाडौं, २३ जेठ । ३२ टिम सहभागि फिफा विश्वकप २०१८ सुरु हुन ८ दिन मात्र बाँकि छ । खेलमा जित हार हुनको लागि ९० मिनेटको प्रदर्शन नै निर्धारक हुन्छ । तर खेलाडिहरुको नियन्त्रणभन्दा बाहिर भएको खेलको एउटा मुख्य ‘फ्याक्टर’ मौसम हो ।

    विश्वकप खेलहरु रसियाको ११ शहरमा खेलिने छ र दुई शहर कालिनिन्ग्राद र एकातेरिनबुर्गको दुरी १५ सय ५० माइल रहेको छ । यति दुरीमा पक्कै फरक फरक मौसम हुन्छ, जुन खेलाडिहरुको लागि मात्र होइन दर्शकको लागि पनि चुनौति नै हुनेछ ।

    रसियामा पनि यो समयमा सामान्यतया तापक्रम ठिक्क हुने भएपनि पानी, हावाहुरी र उस्तैपरे टोर्नाडो आँधी पनि आउन सक्छ ।

    एक्यू वेदरका वरिष्ठ वातावरण विज्ञ जेसन निकोल्स भन्छन्, ‘यो मौसममा केहि पानी पर्नु तथा मेघ गर्ज सहित ठुलो वर्षा हुन सक्छ ।’ उनी थप्छन् , ‘बारम्बार घना वर्षा, असिना तथा ठुलो हावाहुरी चल्नु पनि यो समयमा अस्वभाविक होइन ।’

    यस्तोमा खेलाडिहरुले कस्तो मौसम अपेक्षा गर्ने । फरक भुगोलमा अवस्थित विश्वकप खेलिने रसियाको ११ शहरको विवरण यस्तो छ ।

    भोल्गग्राड

    विश्वकप आयोजना हुने अरु शहर भन्दा यो शहरमा तापक्रम उच्च छ । जुन महिनामा यस शहरको औसत उच्च तापक्रम २६.६ डिग्री सेन्टीग्रेड हुन्छ भने जुलाईमा २९.३ डिग्री सेन्टीग्रेड हुने गरेको छ  । त्यस्तैगरी औसत वर्षा जुन र जुलाइमा क्रमशः ४१ मिलिमिटर र ३५ मिलिमिटर हुने गरेको छ ।

    रास्तोव–न–दन

    यो शहरमा औसत उच्च तापक्रम भोल्गग्राड सरह नै हुने भएपनि त्यहाको तुलनामा यहाँ वर्षा धेरै हुन्छ । जुन महिनामा औसतमा ७० मिलिमिटर सम्म वर्षा हुने यहाँ जुलाईमा ५३ मिलिमिटर वर्षा हुने गरेको छ ।

    सोची

    यो शहर जाने फुटबल समर्थकले यहाँको मौसम आनन्ददायक नै पाउँछन् । जुन महिनाको औसत तापक्रम २४.६ डिग्री सेन्टीग्रेड हुने यस शहरमा जुलाईमा २७.४ डिग्री सेन्टीग्रेड हुने गरेको छ । तर वर्षा चाहिं यहाँ अत्याधिक हुने गरेको छ । जुन महिनामा औसतमा १०४ मिलिमिटर सम्म र जुलाईमा झन् १२८ मिलिमिटर नै हुने गरेको छ ।

    समारा

    जुन महिनामा औसतमा उच्च तापक्रम २५.३ तथा जुलाईमा २६.९ डिग्री सेन्टीग्रेड हुने गरेको छ । मासिक औसत वर्षा पनि जुनमा ५६ मिलिमिटर र जुलाईमा ५७ मिलिमिटर हुने गरेको छ । मौसमको हिसाबले यो शहर अलिक सुविधाजनक देखिन्छ ।

    काजान

    तापक्रम र वर्षा हेर्दा काजान शहर उपयुक्त देखिन्छ । जुन महिनाको औसतमा उच्च तापक्रम २३.६ डिग्री सेन्टीग्रेड रहने यहाँ जुलाइमा २५.५ डिग्री सेन्टीग्रेड भन्दा नबढ्ने गरेको इतिहास छ । औसत वर्षा पनि जुनमा ६३ मिलिमिटर र जुलाइमा ६७ मिलिमिटर मात्र हुने गरेको छ ।

    निझ्नी नोभ्गरद

    जुन महिनाको औसत उच्च तापक्रम २२.६ डिग्री सेन्टीग्रेड रहने यो शहरमा जुलाइमा औसतमा उच्च तापक्रम २४.७ डिग्री सेन्टीग्रेड रहने गरेको छ । तथापी विगत्मा यो शहरमा कुनै बेला ३८.२ डिग्री सेन्टीग्रेड पनि पुगेको थियो । वर्षा पनि औसतमा जुन महिनामा ७६ मिलिमिटर र जुलाईमा ७३ मिलिमिटर हुने गरेको छ ।

    एकातेरिनबुर्ग

    विश्वकप सुरु हुने जुन महिनामा औसत उच्च तापक्रम २३ डिग्री सेन्टीग्रेड हुने यो शहरमा जुलाईमा २४.४ डिग्री सेन्टीग्रेड हुँदै आएको छ । वर्षा पनि जुनमा ७५ मिलिमिटर र जुलाईमा ९० मिलिमिटर हुने गरेको छ ।

    मस्को

    मस्कोको दुईवटा स्टेडियम स्पार्टाक र लुझनिकीमा विश्वकपको खेलहरु हुने तालिका छ । जुन महिनामा यहाँको औसत उच्च तापक्रम २२ डिग्री सेन्टीग्रेड हुन्छ भने जुलाईमा २४.३ डिग्री सेन्टीग्रेड हुने गरेको छ । त्यस्तै जुन महिना औसत वर्षा ८० मिलिमिटर र जुलाईमा ८५ मिलिमिटर हुने गरेको छ ।

    सारांस्क

    सामान्यतया न्यानो स्थानकै रुपमा परिचित भएपनि शितलो ठाउँ रहेको छ यो शहर । यहाँ जुन महिना औसत उच्च तापक्रम २२.३ डिग्री सेन्टीग्रेड हुन्छ भने जुलाईमा २३.९ डिग्री सेन्टीग्रेड हुने गरेको छ । औसत वर्षा पनि जुन महिनामा ५९ मिलिमिटर र जुलाईमा ७४ मिलिमिटर हुने गरेको छ ।

    सेन्ट पिटर्सबुर्ग

    जुन महिनामा औसत उच्च तापक्रम २० डिग्री सेन्टीग्रेड हुने यहाँ जुलाईमा २३ डिग्री सेन्टीग्रेड सम्म हुन्छ । नियमित वर्षाको सम्भावना भएको यहाँ जुन महिनामा औसतमा ७१ मिलिमिटर वर्षा र जुलाईमा ६७ मिलिमिटर वर्षा हुने गरेको छ ।

    कलिनिन्ग्राद

    रसियाको विश्वकप आयोजना हुने शहर मध्ये सबैभन्दा ‘कुल’ शहर हो यो । जुन महिना औसत उच्च तापक्रम २०.५ डिग्री सेन्टीग्रेड हुन्छ भने जुलाईमा २३ डिग्री सेन्टीग्रेड हुने गरेको छ । वर्षा पनि औसतमा जुन महिनामा ७९ मिलिमिटर र जुलाईमा ७७ मिलिमिटर हुने गरेको छ ।

    ठुलो क्षेत्रफलमा फैलिएको रसियाको दुई शहरमा तापक्रमको हिसाबले ठुलै फरक पर्छ । अन्य खेल जस्तो पानी पर्दा नबिथोलिने भएपनि भारी वर्षामा खेलाडिहरुले पूर्ण क्षमतामा खेल देखाउन कठिन हुन्छ । तथापी फुटबलको ‘ब्यूटी’ नै फरक अवस्था र परिवेशमा उत्कृष्ट टोलीको भिडन्तमा देखिने संघर्ष नै हो । (एजेन्सीको सहयोगमा)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…