• इटहरी । नेपाल विद्यार्थी संघ सुनसरीले पेटोलियम पदार्थमा भएको आचाक्ली मुल्यबृद्धिको विरुद्धमा जिल्ला प्रशासन कार्यलय सुनसरीमा धर्ना दिएको छ । सरकारले जनताको चाहाना विपरित मुल्य बृद्धि गरेको भन्दै नेविसंघले प्रशासनमा धर्ना दिएको हो।

    कम्युनिष्ट सरकारले जनताको ढाड सेक्ने गरी मुल्य बृद्धि गरेको कारण आन्दोलन गरेको नेपाल विद्यार्थी संघ सुनसरीका सभापति मन्दिप भट्टराईले जनाए । भट्टराईले भने सरकारले गैरजिम्मेवार पूर्ण अभिब्यक्ति दिदै मुल्य बढाएको प्रति हाम्रो आपत्ती छ । नेकपाका विद्यार्थी संगठन तथा अन्य संस्थाहरु समेत मुल्य बृद्धि हुदा मौन बसेर सरकारको समर्थन गरेको उनको आरोप थियो ।

    पछिल्लो समयमा सरकारले जनपक्षीय काम भन्दा पनि भाषणमा ब्यस्त भएको आरोप लगाउँदै नेविसंघले सरकार विरुद्ध चरणबद्ध आन्दोलन गदै जाने समेत वताएको छ । अहिले विद्यार्थी आन्दोलन केन्द्रिय कार्यक्रम भएको भए पनि आफुहरु जनताको हितमा आन्दोलन गरीरहने उनको भनाई थियो । नेविसंघले जिल्ला प्रशासन कार्यलय अगाडी एक घण्टा कसैलाई प्रवेश गर्ने समेत दिएन ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…