• उर्लाबारी जेठ २४ । सवारी दुर्घटनामा परि कम्मर देखी तलको आधा पाटो नै नचल्ने अबस्थामा पुगेका झापा दमक १ का श्याम आले मगरको उपाचारको लागि नगद १ लाख ७ हजार ७ सय ७७ रुपैंया सहयोग गरिएको छ । रोजगारका लागि मकाउमा कार्यरत गीता मगर शेर्पा र हङकङबाट सगुन  रानाको अगुवाईमा संकलित उक्त रकम बिहीवार हस्तान्तरण गरिएको हो । पत्रकार तेजन खड्का,बिबेक हिङमाङ,किशोर श्रेष्ठ,महेन्द्र थेगिमले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरे । आलेको उपचारमा समस्या भएको र आफन्त कोहि नभएको समाचार उर्लाबारी फोकस टिभि मार्फत सार्वजनिक भएपछि गीता र सगुनले आफु र साथीभाई शुभेच्छुकबाट संकलन गरेर आर्थिक सहयोग पठाएका थिए । सहयोग रकम पाएपछि भाबुक भन्दै आलेले नयाँ जिवन पाउने आशा पलाएको बताए । उनले सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । यतिवेला श्याम आलेलाई छिमेकीहरुले साथ सहयोग गरिरहेका छन् ।


    स्थानीय मिरा घतानी र देव घतानीले आलेको लागि मानविय रुपमा सकेको सहयोग गरिरहेका छन् । आलेलाई समाजसेवी ममता राना मगरले यस अघि खाद्यान्य सहयोग गरेकी थिईन् । ह्वील चियरमा बस्ने आले हिड्न नसक्ने अबस्थामा पुगेपछि दिशा पिसाव गर्न पनि समस्या छ । आलेको ऋणपान गरेर दमकको लाईफ लाईन अस्पताल र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दा २ लाख बढि खर्च भईसकेको छ । हाल उनलाई काठमाडौंमा गएर उपचार गर्न चिकित्सकहरुले सुझाएका छन् । तर आर्थिक अभावले उपचारमा समस्या भईरहेको छ । आलेलाई सबैले सहयोग गरिदिए उपचार सम्भव हुने थियो, स्थानीय मिरा घतानीले आग्रह गर्दै भनिन,पैसाकै कारण उपचार हुन सकेको छैन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…