• काठमाडौं। म्याच फिक्सिङको आरोप लागेका  नेपाली फुटबल टीमका पूर्व कप्तान सागर थापा, प्रशिक्षक, अञ्जन केसी, खेलाडीहरु सन्दीप राई, विकाससिंह क्षेत्री र रितेश थापालाई विशेष अदालतले सफाइ दिएको छ।

    अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला गरेको हो।

    राष्ट्रिय फुटवल टिमका तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई,  गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अञ्जन केसीविरुद्ध मुद्दा दायर गरिएको थियो।

    विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…