• उर्लाबारी, २४ जेठ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जेठ २२ गते नगरपालिकाको हाताभित्र भएको घटनाको केही पत्रिकाले अतिरञ्जित तरिकाले समाचार प्रकाशन गरेको बताउनुभएको छ । सत्यताको गहिराईमा नै नपुगी ती पत्रिकाले हावादारी समाचार प्रकाशन गरेको फागोले बताउनुभयो । केही पत्रिकाले मेयरको बडिगार्डले सेवाग्राहीमाथि हातपात गरेको शीर्षकमा झूठो समाचार प्रकाशन गरेको भन्दै नगर प्रमुख फागोले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

    नेपाल प्रेस युनियन नगर कमिटि उर्लाबारीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख फागोले नगरपालिकाको न्यायिक समितिमा भएको वादी र प्रतिवादीबीच भएको वादविवादका क्रममा उनीहरुका आफन्तबीच सामान्य घटना भएको तर ती पत्रिकामा आएको समाचार जस्तो घटना नभएको बताउनुभयो । फागोले घटना भएको समयमा आफू कार्यालयमा नभएको तर पछि आफूले सो घटनाका बारेमा जानकारी पाएको बताउनुभयो । उहाँले सत्यतथ्य समाचार प्रकाशन गरी जनतालाई सू–सुचित गर्न समेत सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ । यसैबीच न्यायिक समितिका सदस्य निरोज तिम्सिनाले वादी र प्रतिवादीका आफन्तहरुबीच हात हालाहालतको स्थिति सिर्जना भएको तर मेयरको बडिगार्डले सेवाग्राहीलाई हातपात नगरेको बताउनुभएको छ् । ‘वादी र प्रतिवादीको आफन्तबीच झगडा हुँदा नगरपालिकाकै एक सदस्यको अनुरोधमा मेयरको बडिगार्डले छुट्टयाएको मात्र हो, हातपात गरेको होइन’, तिम्सिनाले भन्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…