• नकलबन्दा । मेची बाल क्लब मेची आधारभूत विद्यालयको आयोजनामा बिहिवारबाट प्रथम वार्ड अध्यक्ष आधारभूत तह अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ ।
    मेचीनगर नगर पालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा मेची आधारभूत विद्यालयमा भएको प्रतियोगिताको उद्घाटन खेलमा बालकल्याण मावि मेचीनगर ५ र मेची आधारभूत विद्यालयको विजय सुरुवात भएको छ ।
    बालकल्याण माविले पशुपति मावि मेचीनगर ४ लाई २–१ गोल अन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । जितका लागि राम खत्रीले २ गोल गरे । पशुपतिका तर्फबाट निमा तामाङले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बालकल्याणका राम खत्री भए । १ गोलले पछि परेको बालकल्याणले खेललाई उल्टाउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । यसैगरी, दोस्रो खेलमा मेची आधारभूतले ग्रीन भिलेज बोडिङ स्कुललाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराएको थियो । निर्धारित समयमा २–२ को बराबरी भएपछि निर्णयका लागि टाइब्रेकरमा लगिएको थियो । जितका लागि मेचीका प्रिन्स राजवंशी, मनिष सारु र हरि चौधरीले गोल गरेका थिए । ग्रिन भिलेजका तर्फबाट सुनिल उराउ र आकाश मुण्डाले गोल गरे । खेलको म्यान अफ द म्याच मेचीका गोलरक्षक सन्दिप राजवंशी भए । शुक्रवारको खेल मेची मोडल र गंगा मेमोरियल तथा दोस्रो खेल सरस्वती मावि र विलिबस बोडिङबिच हुनेछ ।
    मेचीनगर ५ का वडा अध्यक्ष योगेन थापाको प्रमुख आतिथ्यता तथा मेची बाल क्लबकी अध्यक्ष सन्ध्या राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विदालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद चौलगाई, वडा सदस्य दुर्गा देवकोटा, चन्द्रकुमारी विक, मेघराज गेलाल, शिक्षासेवी सूर्य सापकोटा, प्रधानाध्यापक भरत दाहाल, ग्रिन भिलेजका संस्थापक प्रिन्सिपल हरि बुढाथोकीलगायतले बोलेका थिए ।
    शिक्षक मैया खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्शुराम पराजुलीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…