• झापा मेचीनगर । माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वान २०१८ को उपाधि बिर्तामोडकी स्नेहा संग्रौलाले हात पारेकी छिन् । उनले सहभागि २४ जना प्रतिस्पधीलाई पछि पार्दै यो वर्षको ताज पहिरेकी हुन् ।
    ड्रिम्स वल्र्ड इन्टरटेनमेन्टले आयोजना गरेको माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको विजेता संग्रौलाले नगद ५० हजार रुपैयाँसहित विभिन्न छात्रवृत्तिसमेत पाएकी छन् । त्यस्तै फस्ट रनर अप नेहारिका ताम्लिङ्ग लिम्बू र सेकेण्ड रनरअप नेहा कार्की भएका छन् । फष्र्ट रनरअप र सेकेन्ड रनरअपले पनि क्रमशः नगद २० हजार र १५ हजार रुपैयाँसहित उच्च शिक्षाका लागि छात्रवृत्ति पाएका छन् । त्यसैगरी सहभागी प्रतिस्पर्धीहरुले पनि उच्च शिक्षाको लागि विभिन्न कलेजमा १५ प्रतिशत छात्रवृत्ति पाएको ड्रिम्स वल्र्ड इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए । विजेताहरुलाई प्रायोजक माइग्रेसन कर्नरका प्रबन्ध निर्देशक सुनिल उप्रेतीले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगिताको निर्णायकमा मिस नेपाल २०१० विजेता सदिक्षा श्रेष्ठ, पत्रकार देवी गौतम, इष्टर्न एम्पेयर कलेज अफ होटल म्यानेजमेन्टका फाउण्डर आलोक कार्की, सुरुङ्गा जेसीजका पूर्वअध्यक्ष सरला दाहाल र समाजसेवी राधा कार्की रहेका थिए भने कार्यक्रमको सञ्चालन तृष्णा रेग्मीले गरेकी थिइन् ।

    यसपटक प्रदेश नं। १ को १४ वटै जिल्लाका सहभागी समावेश गर्ने उद्देश्यले बिर्तामोड, दमक, इटहरी, इलाम, बिराटनगर र धरानलगायतका सहरहरुबाट प्रतिष्पर्धी छनौट गरिएको थियो । करिब डेढ महिनाको बन्द सत्रपछि जेठ २३ गते बुधबार अपरान्ह ग्राण्ड फिनाले सम्पन्न भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…