• देबु बानियाँ
    बाहुनडाँगी, २४ जेठ । फन्दासिंह पाण्डे स्मृति जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे फुटबल क्लबले कब्जा गरेको छ ।

    बाहुनडाँगी युवा क्लबको आयोजना तथा बाहुनडाँगी जेसीजको सह आयोजनामा बिहिवार सम्पन्न फाइनल खेलमा आयोजक बाहुनडाँगी फुटबल क्लबलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै शनिश्चरेले उपाधी जितेको हो । जितसँगै शनिश्चरेले नगद ६१ हजार, ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको बाहुनडाँगीले नगद ३१ हजार ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

    खेलको म्यान अफ द म्याच शनिश्चरेका हेमन्त थापा मगर भए । उनले नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा आयोजकका पुजन राई भए । उनले ६ हजार १ सय सहित मेडल प्राप्त गरे । यसैगरी उत्कृष्ट गोलरक्षकको उपाधि शनिश्चरेका किशोर गिरीले पाए । उत्कृष्ट डिफेन्स आयोजकका सिमान्त थापा, उत्कृष्ट मिडफिलड आयोजकका रोशन आचार्य, उत्कृष्ट स्टाइकर शनिश्चरेका सरोज कार्की, सर्वाधिक गोलकर्ता आयोजक पुजन राई, उत्कृष्ट कोच शनिश्चरेका निरबहादुर लिम्बू र उदयमान खेलाडीका रुपमा आयोजकका आशिष सुब्बा घोषित भए । उनीहरुलाई जनही ३ हजार १ सय सहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरियो ।

    विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, विशेष अतिथि जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, जिल्ला महासचिव सुन्दर बस्नेत, मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल, समाजसेवी रबि नेपाल, सरस्वती माविका प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष अनुप कार्की, आयोजक क्लबका अध्यक्ष पोषककुमार दर्जी, सह आयोजक बाहुनडाँगी जेसीजका अध्यक्ष जीवन मोते, महासचिव सागर कार्की, समाजसेवी निलकण्ठ तिवारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

    गत जेठ १७ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको दोस्रो पुरस्कार काँकरभिट्टा निवासी खेलकुद प्रेमी पुष्पा गुरुग र नरेन्द्र गुरुगले ३१ हजार प्रदान गरेका थिए ।

    यसैगरी नेपाल पत्रकार महासंघ झापा र बाहुनडाँगी जेसीजबीच भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको थियो । बाहुनडाँगी जेसीजका महासचिव सागर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विक्रम थापाले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…