• २५ जेष्ठ २०७५
    भीमराज अधिकारी, पथरी

    मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा शुक्रवारबाट तेस्रो किर्तिपुर गोल्डकप फुटवल प्रतियोगीता हुने भएको छ । आयोजक न्यु स्टार क्लवले विहिवार किर्तिपुरमा प्रतियोगीताको बारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

    ८ वटा टिम सहभागी हुने प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र ट्रफि जित्ने छ छ भने उपविजेताले ५० हजार रुपयाँ र ट्रफि जित्ने आयोजकका अध्यक्ष दिवस खजुमले जानकारी दिए ।

    प्रत्येक प्रत्येक खेलको म्यान अफ दि म्याच लाइ १ हजार ५ सय रुपयाँ र ट्रफि प्रदान गरीने आयोजकले जानकारी दिएको छ ।

    खेलको म्यान आफ दि सिरिजलाई ५ हजार र ट्रफि प्रदान गरिने छ । वेष्ट किपर, वेष्ट डिफेन्स, वेष्ट फर्वड र उदयमान खेलाडीलाइ पनि पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

    पुर्वका चर्चित क्लव सहभागी सो प्रतियोगीतामा सुनसरीको दङगा प्रहरी, जनजागृती फुटवल क्लव इटहरी, धरान फेन क्लव धरान, झापाको दमक फुटवल क्लव, न्यु स्टार क्लव चारआली, मोरङको एकता फुटवल क्लव विराटचौक, पथरी ११ र आयोजक क्लवको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
    प्रतियोगीता किर्तिपुर खेलमैदानमा हुने छ । प्रतियोगीता सम्पन्न गर्नकालागि १० लाख लाग्ने अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…