• देबु बानियाँ झापा
    बाहुनडाँगी ,२४ जेठ । मेचीनगर नगरपालिकाको वडानम्बर — ४ लाई पहिलो खुला दिसामुक्त वडा घोषणा गरिएको छ ।
    नयाँ संरचना बनेपछि मेचीनगरको यो वडालाई पहिलो खुला दिशामुक्त वडा घोषणा गरिएको हो । यसअघि साविकका धाइजन, दुहागढी खुला दिसामुक्त घोषणा भभएका थिए । सहारा नेपालको समन्वयमा सहजीकरणमा यो वडा खुला दिसामुक्त घोषणा भएको हो । ‘सवै जनता, सवै दल, सरसफाइमा लगाऔ अझै बल’ भन्ने नारासहित विहीबार बाहुनडाँगीमा आयोजित घोषणा सभामा मेचीनगरका प्रमुख विमल आचार्यले वडानम्बर —४ लाई खुला दिसामुक्त वडा घोषणा गर्नु भएको थियो ।
    मेचीनगर—४ नम्बर वडाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विमल आचार्यले नगरका १५ वटा वडामध्ये पहिलो पटक ४ नम्बर खुला दिसामुक्त वडा घोषणा भएकोमा वडावासीलाई धन्यवाद ज्ञापन गरे । उनले नगरका १५ वटै वडा खुला दिसामुक्त घोषणको तयारी अन्तिम चरणमा पुगेको समेत बताउनु भयो ।
    प्रमुख आचार्यले खुला दिसामुक्त घोषणा नभएका वडालाई आगामी वर्षदेखि बजेट नदिने चेतावनी समेत ु भयो ।
    प्रमुख आचार्यले शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सवै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने बताउनु भयो ।

    १५ वटा वडा रहेको मेचीनगरमा अहिले करीव १० देखि १५ प्रतिशतका घरमा शौचालय नभएको नगरपालिकाले जनाएको छ । ‘हामीले पटक पटक सवैलाई शौचालय बनाउन आग्रह गरेका छौ ’ नगरप्रमुख आचार्यले भने—‘कसैले नटेरे पछि नगरपालिकाले यस्तो निर्णय गर्न बाँध्य भएको हो ।’ नगर प्रमुख आचार्यका अनुसार योे सुविधा लिनका लागि जेठ मसान्तभित्र हरेकले शौचालय बनाउनुपर्ने छ ।

    ४ नम्बर वडाका सवै घरधुरमिा चर्पी निर्माणको कार्य पुरा भएकाले अनुगमनको लागि माग भए पछि कार्यालयबाट खटिइएको प्राविधिकहरुको अनुगमन गर्दा खुला दिसामुक्त घोषणा गर्न उपयुक्त भएकाले कार्यालयको प्रतिवेदन अनुसार ४ नम्बर वडालाई ओडीएफ घोषणा गरिएको जिल्ला खानेपानी सरसफाई स्वच्छता समिति झापाका फोकल पर्सन रुद्र न्यौपानेले बताए ।

    १ हजार १ सय घरधुरी भएको वडामा शतप्रतिशत चर्पी स्थानीयले प्रयोग गर्न थालेको वडाध्यक्ष नवीन वरालले बताउनुभयो । कार्यक्रममा उपप्रमुख मिना पोखरेल उप्रेती, नेकपाका निलकण्ठ तिवारी राप्रपाका रमेश दाहाल, सहारा नेपालका उपाध्यक्ष लालबहादुर गिरीलगायतले बोलेका थिए । कार्यक्रममा वडालाई खुला दिसामुक्त घोषणाका लागि योगदान पुर्याउने दर्जनौ व्यक्ति र संघ संस्थालाई सम्मान पत्र प्रदान गरियो । वडाध्यक्ष नवीन वरालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सरस्वती माविका शिक्षक नमुना निरौला दहालले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…