• देबु बानियाँ
    बाहुनडाँगी ,२४ जेठ÷ केही दिनयतादेखि मेचीनगर नगरपालिकाको विभिन्न वडामा जंगली हात्तीको आतंक बढेको छ । मेची नदी हुर्दै भारततबाट नेपाल छिर्ने जंगली हात्तीले स्थानीयको अन्नवालीमा क्षति पुर्याउने गरी आतंक मच्चाउन थालेको छ । रातिको समयमा संयौको संख्यामा नेपाल प्रवेश गरेर आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन् । सोलार फेन्सीङ जडान गरेपछि केही राहत पाएका बाहुनडाँगीबासीले पुन बथानमा आउन थालेपछि थप पीडा हुन थालेको स्थानीय बताउँछन् ।

    हात्तीले क्षति पुर्याएको ठाउँको विहीबार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको छ । बिहिवार दिउँसो स्थलगत अवलोकन गरी फर्कनु भएका नगर प्रमुख आचार्य राती पुनः हात्ती आएको खबर आएपछि ९ बजे राति उहाँ हात्ती आउने क्षेत्र मेची किनार पुग्नु भएको थियो । २ घण्टाको समय मेची किनारमा बिताउनु भएका आचार्यले प्रत्यक्ष रुपमा हात्तीको बथान हेर्ने अवसर समेत पाउनु भएको थियो । हात्तीको हञ्जा हेरीसकेपछि नगर प्रमुख आचार्यले यसलाई थप प्रभावकारी बनाउन नगरपालिकाले थप योजना ल्याउने र जिल्ला वन कार्यालयलाई गाडीसहित दिनहुँको रात्री गस्तिका लागि आग्रह गर्ने बताउनु भयो । यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंक भट्टराईको नेतृत्वमा समेत प्रहरीको टोली मेची किनार पुगेको थियो ।
    नगरको वडानम्बर १,२, ३ र ४ मा बुधबार राति संयौको संख्यामा नेपाल छिरेका जंगली हात्तीले बारीमा पाकेको मकै लगायत अन्य बालीसमेत खाएर कुल्चिएर नष्ट गरेको मानव हात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले बताउनु भयो ।

    टोलीसँग स्थानीयवासीले करिव १८ किलोमिटरको १८ बाटो बनाइदिन आग्रह गरेका थिए । वडानम्बर ४ बा वडाध्यक्ष नवीन वरालले दीर्घकालिनरुपमा हात्ती समस्याको समाधानमा पहल गरीदिन समेत स्थानीय सरकार समक्ष आग्रह गर्नु भयो ।
    नगर प्रमुख आचार्यले उक्त बाटो तत्काल निर्माण गर्ने स्थानीयवासीलाई आश्वसन दिनुभयो । रातै पिच्छे भारताट नेपाल छिरेर जंगली हात्तीले उपद्रो मच्चाउन थालेपछि स्थानीयले दक्ष जनशक्ति, हात्ती खेदाउन चाहिने आवश्यक स्रोत साधनको माग समेत गरेका छन् । हात्ती लखेट्नका लागि बाहुनडाँगीबासी रातभर मेची नदीमा बस्ने गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…