• काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर संचार संस्थाको कार्यालयमै गएर धम्क्याएको घटनाप्रति विभिन्न सन्चार सम्बद्ध संस्थाले भत्सर्ना गरेका छन् ।

    सांसद नविना लामाको विषयमा प्रकाशित समाचारको विषयमा एक समूह हाम्रोकुराडटकमको कार्यालयमा गएर समाचार हटाउन दवाव दिएको घटनाको नेपाल पत्रकार महासंघ, पत्रकार महासंघ एशोसिएट प्रदेश, नेपाल प्रेस युनियन, अनलाइन पत्रकार संघ नेपालले घटनाको भत्सर्ना गरेका हुन्।

    हाम्रोकुरा व्यवस्थापकका अनुसार जेठ २३ गते साँझ ७ बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वको सात जनाको समुहले हाम्राकुरा डटकमको तीनकुनेस्थित कार्यालयको समाचार कक्षमा छिरेर कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएका थिए ।

    शाहीको नेतृत्वमा गएको समुहले हुलहुज्जत गर्दै समाचार कक्षमा कार्यरत रहेका नेपाल प्रेस युनियन तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा हाम्राकुराका कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारहरुलाई प्रकाशित समाचार तुरुन्त हटाउन दबाब दिँदै धम्क्याएका थिए ।

    शाहीले समाचार कक्षमा नै आएर लामालाई फोन लगाएर बोल्न दिदै त्यो समाचार तुरुन्त हटाउन फोनबाट लामाले दवाब दिएकी थिइन। बुधवार सांसद लामाले फोन गरेर समाचार नहटाए जे पनि हुने भन्दै धम्क्याएको हाम्राकुराका प्रधानसम्पादक अजयबाबु शिवाकोटीले जानकारी दिए ।

    सांसद लामाले समाचारको बारेमा पठाएकोे खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा साँझको समयमा समुह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिएको घटना निन्दनीय रहेको महासंघ लगायतका संस्थाले टिप्पणी गरेका छन्। नागरिक दैनिकबाट

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…