• काठमाडौं । प्रमुख प्रतिपक्षीको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिनुपर्ने माग गर्दै शुरू गरेको सरकार विरोधी आन्दोलनको क्रममा राजधानीका विभन्न क्याम्पस अगाडि एकघन्टे चक्का जाम गरेको छ ।नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जनाए अनुसार देशभरिका विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ ।उनले भने –राजधानीका विभन्न क्याम्पस अगाडि हामीले सरकारलाई दबाब दिने कार्यक्रम अन्र्तगत आज एक घन्टे चक्का जाम गर्यौं ।”

    देशभरिबाट प्रदर्शनका जानकारी हामीलाई प्राप्त भइरहेको उपाध्यक्ष अधिकारीले जनाए । नेविसंघले सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई थप कस्ट थोपरेको जनाएको छ । नेविसंघले जारी गरेको विज्ञप्तिमा भनेको छ– खोक्रो राष्ट्रवाद, जनतालाई बाँडेको झुठो आश्वासन र भ्रमको खेतीले गठन भएको वर्तमान कम्युनिस्ट सरकार एकातिर सर्वसत्तावादी,अधिनायकवाद लाद्ने प्रपञ्च गरिरहेको छ भने अर्कोतर्फ जनताको आधारभूत आवश्यकता इन्धन, दैनिक उपभोग्य वस्तुको पटक पटक मूल्य बृद्धि गरी आफ्नो कम्युनिस्ट चरित्र देखाइरहेको छ ।पेट्रोलियम पदार्थमा भएको पटक पटकको मूल्य बृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ अकाशिएको छ भने जनजीविका अत्यन्तै कष्टकर भएको छ ।”

    यस्तो अवस्थालाई टुलुटुलु देखेर नबस्ने जनाउँदै नेविसंघले चेतावनी दिँदै भनेको छ —नेविसंघ चुप लागेर बस्दैन् ।”  नेविसंघ केन्द्रिय समितिले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार जेठ २५ गते देशभरिका सम्पूर्ण क्याम्पस अगाडि एक घन्टा चक्का जाम गर्ने, २६ गते सबै जिल्लामा मशाल जुलुश निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पस अगाडि सरकारी र संस्थानका सवारी साधन गुडन रोक लगाउने र २९ गते देशभर प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको र मागपुरा नभए थप आन्दोलनका कार्यक्रम तय गरिने नेबि संघका नेता सुबिन परजुलीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…