• बिर्तामोड, जेठ २५। वीरता जेसीज बिर्तामोड र बिर्तामोड उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बिर्तामोडस्थित अतिथि सदनमा मञ्चन भएको नाटक ‘जिउँदो आकाश’ हजारौं दर्शकले हेरेका छन् ।
    आर्ट स्टुडियोकोे संयोजन र साइलेन्ट एक्टको निर्माणमा बनेको नाटक ‘जिउँदो आकाश’ गत जेठ १८ गतेदेखि २४ गतेसम्म बिर्तामोडस्थित अतिथि सदनमा मञ्चन भएको नाटकका संयोजक प्रकाश दाहालले जानकारी दिए । जेठ २३ गतेसम्म मञ्चन गरिने भनिए पनि दर्शकको चापका कारण २४ गतेसम्म नाटक मञ्चन गर्नुपरेको उनले बताए ।
    झापाका बिराट ज्योति सेकेण्डरी स्कूल, कञ्चनजंघा मावि, बाल्मिकी एजुकेशन फाउण्डेशन, न्युटन कलेज, मेची इङ्लिस बोर्डिङ स्कूल, इडन गार्डेन स्कूल, फनमिन इङ्लिस बोर्डिङ स्कूल, सरस्वरती एन्जलस स्कूल, ग्लोरी इङलिस बोर्डिङ, पूर्वाञ्चल एकाडेमी, बिर्तामोड पब्लिक स्कूल, लक्ष्मी मावि लगायतका विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले नाटक हेरेको उनले बताए ।
    त्यस्तै सांसद, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक व्यक्तित्व, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतले समेत नाटक हेरेको उनले बताए ।
    चन्द्रप्रसाद पाण्डेयको लेखन तथा आरके मेहता रोशनको निर्देशन र मानाङ सुब्बाको संगीत संयोजन रहेको नाटक जिउँदो आकाशमा यौनिक अल्पसंख्यक (तेस्रोलिङ्गी)को वास्तविक जीवनमा आधारित घटनालाई प्रस्तुत गरिएको थियो । नाटकमा अनिल सुब्बाको एकल अभिनय रहेको थियो भने उनले तेस्रोलिङ्गीको भूमिका निर्वाह गरेका थिए । फरक विषयवस्तु र एकल अभिनयमा आधारित नाटक भएकाले दर्शकको चाप बढेको संयोजक दाहालले बताए ।
    त्यस्तै नाटकको टीमका लागी हस्पिटालिटीमा डाउन टाउन होटलले सहयोग गरेको र ग्यालेक्सी इन्टरनेशनल एजुकेशन सर्भिसले विशेष सहयोग गरेको उनले बताए । बिर्तामोडका लागि नाटकमा निमेष शिवाकोटी, प्रविण खड्का र प्रकाश दाहालले लगानी र निर्माण गरेको बताइएको छ ।
    यसैबीच उक्त नाटकको एक कार्यक्रमकाबीच समापन गरिएको थियो । नाटकका निर्माणकर्ता प्रविण खड्काको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नाटक निर्माणकर्ता निमेष शिवाकोटीले स्वागत गरेका थिए ।
    कार्यक्रममा झापाका सहायक जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, वीरता जेसीजका महासचिव विनोद पाण्डे, प्रकरण निर्देशक विशाल थापा, नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति लक्ष्मी आचार्य, इडन गार्डेन स्कूलका संस्थापक प्रिन्सिपल मोहन आचार्य, कञ्चनजंघा माविका प्रिन्सिपल गुरुभक्त न्यौपाने, मेची इङ्लिस बोर्डिङ स्कूलका पदम कुँवर, लक्ष्मी माविका प्रधानाध्यापक वीरेन्द्र गुप्ता, विराटज्योति सेकेण्डरी स्कूलका प्रिन्सिपल ताराकुमार प्रसाईं, बिर्तामोड पब्लिक स्कूलका रमेश नेपाल, फनविन इङलिस स्कूलका नन्दलाल श्रेष्ठ, ग्लोरी इङ्लिस बोर्डिङ स्कूलका इन्द्रदेव गुरुङ, सरस्वती एञ्जलस्का बासुदेव सिग्देल लगायतको आतिथ्य रहेको थियो ।
    कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, विभिन्न सहयोग संस्थाहरु, सञ्चारमाध्यम र सञ्चारकर्मी, कलाकार, स्वयम्सेवक, मिस एसईईका विजेताहरु स्नेहा संग्रौला, नेहारिका ताम्लिङ, नेहा कार्की लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । उक्त मायाको चिनो बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी र वीरता जेसीजका महासचिव विनोद पाण्डेले प्रदान गरेका थिए ।
    कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दाहालले जिउँदो आकाश नाटकले नयाँ विषयवस्तुको उठान गरेको बताउँदै नाटकले समाजमा यौनिक तथा अल्प संख्यक (तेस्रोलिङ्गी)हरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताए ।
    त्यस्तै बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले नाटक जिउँदो आकाशले यौनिक तथा अल्पसंख्यक (तेस्रोलिङ्गीहरुको वास्तविकता चित्रण गरेको बताए । त्यस्तै ब्लूडाइमण्ड सोसाइटीकी नुमा लिम्बूले तेस्रोलिङ्गीले पनि आम मान्छे सरह नै भएकोले उनीहरुलाई समाजमा घृणाको भावले नहेरिदिन आग्रह गरिन् । कार्यक्रमको सञ्चालन वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…