• २५ जेष्ठ २०७५
    भीमराज अधिकारी, पथरी

    मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा आजदेखि तेस्रो किर्तिपुर गोल्डकप फुटवल प्रतियोगीता सुरु भएको छ ।
    आजको उदघाटन खेलमा सुनसरीको दङगा प्रहरी र झापाको दमक फुटवल क्लव बिच खेल भएको छ ।
    सुनसरीको दङगा प्रहरीले ३ गोल गर्दै खेलको विजयी सुरुवात गरेको छ । पहिलो हाफको १६ र २९ मिनेटमा दङगाका वित्रम राईको पासलाई सही सदुपयोग गर्दै जर्सी न १७ का पुजन राईले पहिलो गोल गरेका थिए ।
    पहिलो हाफको ३२ औ मिनेटमा दङगाका तर्फवाट जर्सी न १८ का बिक्रम राईले थप गोल गर्दै विजयी यात्रा सुनिश्चीत गरेका थिए । दमक फुटवल क्लवका तर्फ वाट १ मात्र सान्तवना गोल जर्सी न ८ का शुसन कार्कीले गरे । दोस्रो हाफको ३० औ मिनेटमा दङगाका अजय थापामगरको डिबक्स एरियामा हेन्ड वल भएपछि पाएको मौकाको सदुपयोग गर्दै कार्कीले पेनाल्टी मार्फत प्रहार गरेको वलले गोलको दिसा लिदा दमक फुटवल क्लवले १ गोल गर्न पुग्यो ।
    आज भएको पहिलो खेलको म्यानअफ दि म्याच दङगाका पुजन राई घोषीत भए उनले नगद १ हजार ५ सय रुपैया हात पारेका छन् ।
    ८ वटा फुटवल क्लव सहभागी प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र ट्रफि जित्ने छ भने उपविजेताले ५० हजार रुपयाँ र ट्रफि जित्ने आयोजकका अध्यक्ष दिवस खजुमले जानकारी दिएका छन ।
    पुर्वका चर्चित फुटवल क्लवहरुको सहभागीता रहने आयोजकले जनाएको छ । भोलिको खेल जनजागृति फुटवल क्लव ईटहरी सुनसरी र आयोजकका विच हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…