• ताप्लेजुंग । ताप्लेजुंग जिल्ला सिदिङ्मा गाउँपालिकाका पुराना कांग्रेस नेता कालीबहादुर कडरियाको शनिवार बिहान निधन भएको छ ।
    विगत १ वर्षदेखि दमको रोगबाट पीडित कडरियाको निजी निवास सिदिङ्मा गाउँ पालिका वडा नम्बर १ मेहेलेमा ८८ वर्षको उमेरमा निधन भएको हो ।
    पार्टीभित्र रहेर विभिन्न जिम्मेवारी बहन गरेका कडरिया तत्कालिन मेहेले गाविस वडा नम्बर ९ को नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ३ पटक वडा अध्यक्ष समेत भएका थिए । यसैगरी उनी स्थानीय निलगिरी माविका संस्थापक सदस्य समेत हुन् ।
    कडरिया पार्टीभित्र यस क्षेत्रको अभिभावकका रुपमा रहेका थिए । उनकै नेतृत्वमा यस गाविसमा हरेक क्षेत्रमा कांग्रेसले जित हाँसिल गर्दै आएको थियो । यो पटकको स्थानीय निर्वाचनमा समेत सिदिङ्मा गाउँपालिकामा समेत कांग्रेसका नरबहादुर कडरिया निर्वाचित भए । जो कालीबहादुरका भतिज हुन् । पार्टीको काममा सधैँ लगनशील र कर्तव्यनिष्ठ रहेर काम गर्ने उनले विरामी भएर हिड्न नसक्ने अवस्थामा समेत हालै भएको प्रतिनिधि सभाको निर्वाचनमा ढाकरमा बोकाएर भोट हाल्न मतदान स्थल पुगेका थिए ।
    १९८७ सालमा जन्मिएका कडरियाको शनिवार नै काबेली नदीमा दाहसंस्कार गरिने भएको छ । उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्राञ्जली दिने तयारी भएको छ । उनका १ श्रीमतीसहित ५ छोरा र ७ छोरी छन् ।
    उनका श्रीमती राधिका कडरिया, छोरा भीम, चक्र, दिपक, भानु, लक्ष्मण कडरिया हुन् ।
    जेठो छोरा भीम विद्युत प्राधिकरण झापामा कार्यरत छन् भने काइलो छोरा भानु नेपाल आर्मीमा छन् । रातो कलम परिवार समेत उनलाई हार्दिक श्रद्राञ्जली व्यक्त गर्दछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…