• सनिवार,जेष्ठ-२६
    रातोकलम अनलाइन।

    महाराजगन्ज काठमाडौकाे राेभ इनटरनेसनल प्रा०ली बाट जेनेरल ड्राइभर काे भिसामा साउदिको रियाद करम अल खलिज कम्पनी मा पठाइएका झापा का प्रसान्त लिम्बू को अहिले बेहाल भएको छ।कम्पनीले जबर्जस्ति लाइसेन्स र सवारी साधनको बिमा ननबन्दै कम्पनि ले म जेम्मवरी हुन्छु भनेर गाडि सवारी चलाउन आग्रह गरेपछि यस्तो अवस्था आएको हो।

    कम्पनीको उक्त आश्वासन र आग्रह पछी लिम्बुले ढुक्क सङग सवारी चलाउन थालेका थिए। प्रसान्त ले चलाइरहेका गाडी को पछाडि बाट अत्यन्तै द्रुत गतिमा आएको स्थानीय बासिको सवारी नियन्त्रण भन्दा बाहिर गएपछि लिम्बुले चलाइरहेका सवारीको पछाडि ठोक्किएको थियो।भने सवारी ठोकिन पुग्दा स्थानीय साउदि बासी नागरिक को मृत्यु भएको थियो ।

    चालक अनुमती ऐन अन्तर्गतका कुनै विधि र प्रक्रिया पूरा नभई सवारी चलाउन लाउनु मालिकको गैर जिम्मेवारीपना हो।र कम्पनी को लापरबाही हो।सो घट्नामा आफु निर्दोष हुदाहुदै पनि ८ महिना जेलजिवन बिताइ सकेका छन। अझै कम्पनी ले अदलात ले फैसला सुनाएको भन्दै एकलाख बाहृ हजार रियल बराबर को ब्लड मनि तिर्नुपर्ने भनिरहेको छ।

    उच्च अदलातको फैसला भएको भन्दै तोकिएको उक्त ब्लडमनि रकम जम्मा नगरी घर जान पाउदैनस भनेर धम्की दिरहेको श्रोतले जानकारी दिएका छ्न।
    कम्पनी को लापरबाही का कारण आफू फसेको पटकपटक उनलाइ साउदी पठाउने म्यानपावर लाई सुनाउदै उद्घार को पहल गरिदिन अनुरोध गरेपनी म्यानपावर ले भने चासो नदिएको लिम्बुले गुनासो पोखे ।

    परिवार को आर्थिक अबस्था अत्यन्तै नाजुक भएकै कारण साउदी पुगेका प्रसान्त अहिले कम्पनी मै छन।तर न कुनै काम पाएका छ्न न पारिश्रमिक नै कम्पनी ले दिएको छ। खाना समेत बन्द गरेपछी आफ्नो बिचल्नी भएको बताउदै साथीहरू को सहयोगमा बाचिरहेको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…