• उर्लाबारीर । धिमाल जातिय विकास केन्द्रले प्रदान गर्दै आएको धिमाल प्रतिभा पुरस्कार २०७५ यस वर्ष गायिका मेचु धिमाललाई प्रदान गर्ने भएको छ ।
    पुरस्कार छनौट समितिको शनिवार बसेको बैठकले गायिका मेचु धिमाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कृत प्रतिभालाई सम्मान पत्र, नगद ५ हजार रुपैयाँ र आल्गी धावा ९धिमाल पोशाक० ओडाएर सम्मान गरिनेछ । धिमाल समुदायका नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको पुरस्कार छनौट समितिका संयोजक रहनु भएका केन्द्रका महासचिव केदार धिमालले जानकारी दिनुभयो । धिमाल डट कमले प्रायोजन गरेको सो पुरस्कार यसअघि राष्ट्रिय टोलिका सदस्य फुटबलर रजिन धिमाल र बडिबिल्डर विकास धिमाललाई प्रदान गरिएको थियो । पुरस्कार असार २ गते जात्रि समापनको अवसरमा धिमाल परियोजना स्थलमा आयोजित कार्यक्रममा प्रदान गरिनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…