• मेचीनगर । मेची बाल क्लब मेचनिगर ५ ले आयोजना गरेको अन्तर विद्यालय आधारभूत स्तरीय फुटबल प्रतियोगिताको उपाधी बालकल्याण माविको कब्जामा परेको छ ।
    शनिवार सम्पन्न फाइनल खेलमा मेची आधारभूत विद्यालय नकलबन्दालाई १–० को गोल अन्तरले हराउँदै बालकल्याणले फाइनल उपाधी चुमेको हो ।
    जितका लागि राम खत्रीले खेलको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै बालकल्याणले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता बनेको मेचीले नगद ७ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
    खेलको उत्कृष्ट खेलाडीका रुपमा बालकल्याणका अनिष खड्का भए । उत्कृष्ट गोलरक्षको उपाधी पनि बालकल्याणका रोशन गिरीले हात पारे । खेलको म्यान अफ द म्याच उपविजेता मेचीका हरिओम चौधरी भए ।
    शनिवार नै सम्पन्न पहिलो सेमीफाइनल खेलमा गंगा मेमोरियल बोडिङ स्कुलाई ४–० को फराकिलो गोल अन्रतले हराउँदै बालकल्याणले फाइनलको यात्रा सुरक्षित गरेको थियो । मेचीले विलिबस बोडिङ स्कुललाई १–० को गोल अन्तरले हराउँदै फाइनल पुगेको थियो ।
    विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, काँकरभिट्टा स्रोत व्यक्ति लोकबहादुर दहाल, वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापा मगर, सदस्यहरु मेगराज गेलाल, चन्द्रा विक, दुर्गा देवकोटा, मेची आधारभूत विद्यालयका प्रधानाध्यापक भरत दाहाल, अध्यक्ष नारायण खड्का , पूर्व प्रधानाध्यापक देवनारायण सिटौला, मेची बाल क्लबकी अध्यक्ष सन्ध्या राजवंशी, शिक्षासेवी सूर्यप्रसाद शर्मा, बाकल्याण बाल क्लबकी अध्यक्ष गौरी गिरी, बालकल्याण माविका शिक्षक नारायण न्यौपाने, नकलबन्दा समाजका युवाहरुलगायतले पुरस्कार वितरण गरेका थिए ।
    २४ गतेबाट भएको प्रतियोगितामा नगरका ५ वटा विदालयको सहभागिता रहेको थियो ।
    प्रतियोगिता सम्पन्न गर्नका लागि मेचीनगर ५ वडा समिति तथा दोस्रो पुरस्कार शेखर भण्डारी र डम्बर गिरीले सौजन्य गरेका थिए । म्यान अफ द म्याचको ट्रफी नकलबन्दा युवा समाजे प्रदान गरेको थियो ।
    प्रधानाध्यापक भरत दाहालले स्वागत गरेको कार्यक्रको धन्यवाद ज्ञापन क्लबकी अध्यक्ष सन्ध्या राजवंशी र सञ्चालन विद्यालयका सदस्य पर्शुराम पराजुलीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…