• मोरङको पथरी शनिश्चरे ७ किराती चोकमा सुकुम्बासी समस्याका विषयमा वृहत सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । प्रदेश नं. १ का प्रदेश सांसदहरुलाई उपस्थीत गराइ सुकुम्बासी तथा दोहोरो स्वामित्वको समस्याका बारेमा अन्तरक्रिया गरिएको हो ।

    लामो समय देखि समस्याका रुपमा रहेको र जितेर जाने नेताहरुले पनि आज सम्म कुनै सुनुवाइ नगरेको गुनासो गरेका छन् । कार्यक्रममा प्रदेश नं. १ का प्रदेश सांसाद सुयर्माराज राई, कृष्ण कुमारी राई, शेखर चन्द्र थापा, लोकप्रसाद संग्रौला, पथरी शनिश्चरे नगर मेयर दिलिप कुमार राई र सुकुम्बासी समस्या समाधान पहल समिति अध्यक्ष जहरमान लिम्बू लगाए उपस्थीति रहेका थिए ।

    सयौँको संख्यामा उपस्थीत स्थानियहरुले वर्सौँ देखिको सुकुम्बासी समस्यालाई समाधान गर्न भइरहेका पहलका विषयमा अतिथिहरुसंग प्रस्न राखेका थिए । अतिथिहरुले पालैँ पालो प्रस्नको जवाफ दिएका थिए । सरकारले नीति निर्माण गरिरहेको र ३ वटै तहसंग समन्वय गरेर १ वर्ष भित्रमा समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
    राजनीति गरेर खानेभाँडो बनाइएको र अबको निर्वाचनमा कसैले पनि सुकुम्बासी समस्यालाई समाधान गर्छु भनेर आउने वातावरण नै नराखिने सांसद सुयर्माराज राइले बताउनुभयो ।
    नयाँ संरचना अनुसार नीति निर्माण काम भइरहेका कारण सहकार्यमा अगाडी वढ्ने कृष्ण कुमारी लाइले बताउनुभयो । नगरको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको मेयर दिलिप कुमार राइले बताउनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…