काँकडभिट्टा । पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालिम सुरु गरेको छ ।
शनिवारबाट चारआलीमा सुरु गरिएको तालिममा महिला पत्रकारसहित ४० जनाको सहभागिता रहेको छ ।
मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीले उद्घाटन गर्नुभएको तालिमको अध्यक्षता संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले गर्नुभएको थियो ।
तालिमको सहजीकरण खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले गर्नुभएको छ ।
संस्थाले जिल्लामा रहेर विभिन्न सञ्चार संस्थामा आवद्ध रहेका पत्रकारहरुलाई खोजमूलक समाचार लेख्न सिकाउने उद्देश्यले आजदेखि तालिमको आयोजना गरेको हो ।