• देबु बानियाँ झापा ।
    बुटवल । तिलोतमा जेसीजको संयोजनमा एक दिने प्रभावकारी संसदीय बैठक प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ ।
    रामनगर जेसीज, सुनवल जेसीज, भालवारी जेसीज, सैनामैना जेसीज, तिलोतमा जेसीज र देवदेह जेसीजको संयुक्त आयोजनामा भएको मल्टिच्याप्टर ट्रनिङमा ६ वटा शाखा ५५ जना जेसीजकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण नेपाल जेसीजका मुख्य तालिम प्रशिक्षक राजाबाबु शाहले दिएका दिनु भएको थियो । तालिम बुटवलको होटल एभन्युमा भएको थियो ।
    नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैजुको प्रमुख आतिथ्यता तथा तिलोतमा जेसीज वर्ष २०१८ का अध्यक्ष ईश्वर पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीज वर्ष २०१८ का राष्ट्रिय उपाध्यक्षहरु विजय गुरुङ, विजय घिमिरे, पूर्व राष्ट्रिय कार्यकारी उपाध्यक्ष विनोद सुवेदी, बुटवल जेसीजका पूर्व अध्यक्ष दिनेश श्रेष्ठलगायतको उल्लेखीय सहभागिता रहेको थियो ।
    रामनगर जेसीज वर्ष २०१८ की महासचिव हिमा न्यौपानेले आस्थापाठ गरेर सुरु गरेको कार्यक्रमको स्वागत भलवारी जेसीज वर्ष २०१८ का अध्यक्ष गोविन्द पङ्गेनी गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन तिलोतमा जेसीजका महासचिव विदुर शर्माले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…