• काभ्रे । नेपाल जेसीजमा हाल भइरहेका गतिविधि तथा शाखाहरुको बारेमा जानकारी दिने उदेश्यले काभ्रेमा शनिवार नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरुसँग अन्तरक्रिया गरिएको छ ।
    भकुण्डेबेसी जेसीजको संयोजना तथा नाल्दुम नगरकोट जेसीज, पनौती जेसीज, धुलिखेल जेसीज, काभ्रे जेसीज र काभ्रे महिला जेसीजको संयुक्त आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
    अन्तक्रिया कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले एरिया सि जेसीज अभियानमा अत्यन्तै क्रियाशील रहेको बताउनु भएको थियो । उहाँले जेसीजको मर्म र भावना अनुसार सामाजिक क्षेत्रमा क्रियाशील रहेको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो । साथै उहाँले हाल नेपाल जेसीजमा भइरहेका गतिविधि र हालै जापानमा भएको एसिया प्रासन्त कन्फ्रेन्समा सहभागि भएर आएका उपलब्धीका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष जेसीआइ सिनेटर विकास मानन्धर, कार्यकारी उपाध्यक्ष रश्मि शिल्पकार, उपाध्यक्षहरु रञ्जना चापागाई, रविन पोखरेल, महासचिव श्रीराम पौडेल जेआइ नेपालका अन्तराष्ट्रिय संयोजक प्रतिमान बैद्यलगायतको उपस्थिति रहेको थियो । साथै उहाँहरुलाई स्वागत तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्वागत तथा धन्यवाद भकुण्डेबेसी जेसीजकी अध्यक्ष रुकमणि सिग्देलले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…