• झापा । नेपाल जेसीजले बुटवल जेसीजलाई ‘जेसीज अफ द मन्थ’ सम्मान गरेको छ ।
    क्षेत्र घ मा रहेका शाखाहरु मध्ये बुटवल जेसीजले मे महिनामा उत्कृष्ट कार्य गरेको उच्च मुल्याङन गर्दै सम्मान गरिएको हो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले छिमेकी मुलकु भारतमा रहेको जेसीआई गोरखपुर मिड टाउनसँगको सहकार्यमा बुटवल जेसीजले अन्तराष्ट्रिय स्तरको तालिम रुपन्देहीमा सम्पन्न गरेकोले जेसीज अफ मन्थबाट सम्मान गरिएको बताउनु भएको छ । अन्तराष्ट्रिय स्तरको तालिम नेपालका कमै शाखाहरुले गर्ने उल्लेग गर्दै अध्यक्ष बस्यालले बुटवल जेसीजले दोस्रो मुलुकको शाखासगं समन्वय गरि सवै क्षेत्रलाई समेटेर तालिम सम्पन्न गर्नु प्रशंनिय कार्य भएको बताउनु भयो । बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारीले सम्मानले थप हौषला थपिएको बताउँदै आगामी दिनमा अझै सक्रियता पुर्वक जेसीज अभियानमा होमिने बताउनु भयो । उहाँले बुटवल जेसीजका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा जेसीज सदस्यको सक्रियता र समन्वयको कारण यो सम्मान प्राप्त भएको बताउँदै सम्मानित हुने अवसर दिनु भएकोमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष तथा पदाधिकारीलाई धन्यवाद प्रकट गर्नु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…