• देबु बानियाँ झापा
    काभ्रे । काभ्रे जेसीज र काभ्रे महिला जेसीजको संयुक्त आयोजनामा समुदायमा जेसीज २०१८ को उद्घाटन तथा फरक क्षमता भएका व्यक्तिहरुको प्रतिभा प्रदर्शनी कार्यक्रम गरेको छ ।
    शनिवार काभ्रेमा आयोजित एक कार्यक्रमकाबिच नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर श्रीधर बस्यालले समुदायमा जेसीज २०१८ को उद्घाटन गर्नुु भएको थियो ।  उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले जेसीज पनि समाजमा रहेर व्यक्तिको व्यक्तित्व क्षमताका अभिबृद्धि गर्ने मुख्य उदेश्य रहेको बताउँदै यो समाजमा रहेका फरब क्षमताका व्यक्तिहरुको क्षमता अभिबृद्धि गर्न लाग्ने बताउनु भयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरु पनि आ आफ्नो क्षेत्रमा अब्बल रहेको बताउँदै क्षमता र आफ्नो शरीरले सकेसम्म आत्माविश्वासका साथ अघि बढ्न आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बस्यालले आगामी दिनमा यसरी समाजमा रहेका फरक क्षमताका व्यक्तिहरुलाई उनीहरुको प्रतिभाको आधारमा विभिन्न कार्यक्रममा सहभागि गराउँदै लैजाने बताउनु भयो ।

    सोही अवसर पारेर जेसीजले समाजमा रहेका विभिन्न अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभालाई उजागर गर्दै उनीहरुले पनि यो समाजलाई केही योगदान दिन सक्छन् भन्ने उदेश्यले प्रतिभा प्रर्दशनी कार्यक्रमको आयोजना गरिएको थियो ।
    उनीहरुले ह्विल चियर नृत्य, नाटक, नृत्य, गीत, गजल आदिमा सहभागिता जनाएका थिए । उनीहरुको प्रतिभा हेरेर सहभागि भावुक समेत बनेका थिए भने मनोरञ्जन समेत लिएका थिए । साथै उनीहरुलाई प्रमाण पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । यसै प्रकृतिको कार्यक्रम अघिल्लो वर्ष समेत आयोजना गरिएको थियो ।
    हाम्रो समाजमा अपाङ्गता भएका ब्यक्तिहरुहरुले केही गर्न नसक्ने, अपाङ्गता भएपछि उनीहरुको जीवन अन्धकार हुने भन्ने जुन सोच रहेको छ त्यसलाई परिवर्तन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य भएको काभ्रे शाखा अध्यक्ष उमेश मानान्धरले बताउनु भयो । उहाँले कार्यक्रममार्फत अपाङ्गता भएका ब्यक्तिहरुहरु भित्र अन्तनिहित प्रतिभाहरुलाई समाजमा उजागर गरि उनीहरुले पनि केही गर्न सक्ने क्षमता राख्दछन भन्ने यो समाजलाई चिनाउनु मुख्य उदेश्य रहेको बताउनु भयो । काभ्रे महिला जेसीजकी अध्यक्ष जमुना मानन्धरले यस्ता कार्यक्रमहरुबाट अपाङ्गता भएका व्यक्तिहरुलाई गरिने भेदभावमा कमी भई सकारात्मक सोच तर्फ समाज अगाडि बढी उनीहरुको मनोबलमा बृद्धि हुने बताउनु भयो ।

    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको प्रमुख आतिथ्यता तथा काभ्रे जेसीज अध्यक्ष उमेश मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा, विशिष्ट अतिथि काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष सिनेटर विकास मानन्धर, कार्यकारी उपाध्यक्ष रश्मि शिल्पकार, उपाध्यक्ष रञ्जना चापागाई, रविन पाखेरल, महासचिव श्रीराम पौडेललगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । काभ्रे महिला जेसीजकी अध्यक्ष जमुना मानन्धरले स्वागत गरेको कार्यक्रमको सञ्चालन काभ्रे जेसीजका महासचिव बिजेश मुल्मीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…