• काठमाडौं, २७ जेठ । विश्वकप २०१८ सुरु हुन अब केहिदिन मात्र बाँकि छ । रसियामा आयोजना हुने यस विश्वकप फुटबलमा सहभागि हुने टोलीहरुले अभ्यास खेलहरु खेली आफ्नो तयारी लगभग पुरा गरिसकेका छन् । विपक्षी टोलीको बारेमा बुझ्ने र सोही अनुरुप रणनिती बनाउने कार्यमा फुटबलमा हस्तीहरु यतिबेला व्यस्त छन् ।

    तर यी सबै फुटबलका रस्साकसी भन्दा पृथक रुपमा परिचित पछिल्ला विश्वकपहरुमा जस्तै यो संस्करणमा विश्वकपको भविष्यवाणी जनावरलाई गराइने गरि आकर्षणको केन्द्रबिन्दु बनाइएको छ ।

    सन् २०१० मा पल नामक अक्टोपसले हरेक खेलको सहि भविष्यवाणी गरेर विश्वचर्चित हुन सफल भएको थियो । त्यस्तै रसियाले पनि यो संस्करणको विश्वकपमा कान नसुन्ने सेतो अकिलिस नामक बिरालोले भविष्यवाणी गर्ने जनाएको छ ।

    दुईवटा कचौरामा खाना सहित उक्त दिन खेल हुने देशको झण्डा राखिंदा जुन कचौराको खाना अकिलिसले खान्छ, त्यहि टोली विजेता हुने उसको भविष्यवाणी भएको मानिनेछ ।

    रसियाको सेन्ट पिटर्सबुगमा अवस्थित हर्मिटेज म्युजिएमकी भेटनरी डाक्टर अन्ना कसातकिनाका अनुसार अकिलिसले कान्न नसुन्ने भएकोले पनि उसको अन्तरबोध शक्ति बढि रहेको छ । उनि भन्छिन्, ‘उसले आफ्नो मनले हेर्ने गरेको छ ।’

    हर्मिटेज म्युजिएममा मुसा मारी म्युजिएमको सामान रक्षा गर्ने काममा प्रयोग गर्ने गरिएका अकिलिस विश्वकप अवधिभर नजिकैको क्याफे ‘क्याट रिपब्लीक’ मा बस्नेछन् ।

    विगतमा गिनी पिग, सुगा जस्ता धेरै जनावरहरुलाई विश्वकपको भविष्यवाणी गर्ने काममा प्रयोग गरिएपनि पल नामक अक्टोपस जति सफल कुनै जनावर हुन सकेको छैनन् । यसपाली विश्वकपको भविष्यवाणी गर्ने जिम्मेवारी पाएका बिरालोको भविष्यवाणी कत्तिको सहि हुन्छ, त्यो समयले नै बताउँछ । (एजेन्सीको सहयोगमा)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…